दौडेर २५ किलोमिटर पार गरी बिहे

940 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

52_bihe_ngभारत । भारतको महाराष्ट्रस्थित कोल्हापुरमा हालै यस्तै अचम्मको बिहे भएको छ । त्यो बिहे कम, दौड बढी जस्तो लाग्थ्यो । बिहे सम्पन्न भइसक्दासम्म दुलाहा-दुलही र जन्तीले २५ किलोमिटर त दौडिएरै पार गरेछन् । कलोशी गाउँमा जब बिहान जन्ती निस्कियो तब सबै अचम्ममा परे । किनकि जन्तीहरु शुटबुटमा हैन जाँगे र टिसर्टमा थिए । जन्तीको त के कुरा बेहुला-बेहुलीले पनि बिहेका पहिरनमा होइन, जाँगे र टिसर्ट लगाएका थिए । गाउँबाट सुरु भएको उक्त बिहे दौड २५ किलोमिटर दूरी पार गरी बिहे दर्ता गर्ने सरकारी कार्यालयसम्म पुगेर सकियो । यो म्याराथन बिहेका पछाडि एउटा अनौठो कहानी छ ।
वास्तवमा बेहुला नवनाथ र बेहुली पूनमको चिनजान एक म्याराथन दौडका बखत भएको रहेछ । दुबैजना ३ वर्षसम्म म्याराथन एसोसिएसनसँग आबद्ध रहे । म्याराथनमा रुची हुनुका कारणले गर्दा उनीहरुले आफ्नो बिहेमा समेत म्याराथनलाई छाड्न सकेनन् र दौडिएरै बिहे गरे । म्याराथन बिहेका माध्यमबाट मानिसहरुलाई तन्दुरुस्तीकोे सन्देश दिन चाहेका उनीहरु बताउँछन् ।