म्हेन्दोमाया किङ वाइबाको पहिलो सेलो धमाका

1230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0064

म्हेन्दोमाया किङको नामले परिचित चर्चित गायक सागर एस. वाइबाले आफ्नो पहिलो तामाङ सेलो गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् । “माथी माथी खुम्बु लेक” बोलको सेलोको भिडियो यती खेर युट्युबमा भाईरल बनेको छ। २ हप्ताको अन्तरमै ८५ हजार भन्दा बढी पटक हेरिएको यस भिडियोमा वाइबा आँफैले अभिनय पनि गरेका छन् । वाइबाको अलावा थार्चा लामा, अन्जिला वाइबा र बिना लामालाई पनि भिडियोमा देख्न सकिन्छ।

रसुवाको गलाङ र पार्वती कुण्डमा छायाङ्कन गरिएको यस भिडियोको निर्देशन पनि म्हेन्दोमाया किङ आफैले गरेका हुन् भने कोरियोग्राफी राज वाइबा, छायाङ्कन मरुभुमी, सम्पादन मित्र डि. गुरुङले गरेका हुन् । “स्वीट हार्ट” नामक एल्बममा समेटिएको यस गीत शब्द, संगित र आवाज किङ आफ्नै रहेको छ भने म्युजिक एरेन्ज कमल सौरागले गरेका हुन् ।

म्हेन्दोमाया पश्चिमेली तामाङहरुको एउटा महत्वपूर्ण संस्क्रिती हो, र यसको संरक्षण र संबर्द्धनका लागि गायक वाइबाले डेढ दशकदेखी यस क्षेत्रमा योगदान दिईरहेका छन् । हालसम्म उनले १६ वटा म्हेन्दोमाया एल्बम निकालिसकेका छन् भने २०० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् । “स्वीट हार्ट” यिनको महात्वाकांक्षी नेपाली एल्बम हो । यस एल्बममा १० वटा नेपाली तथा तामाङ गीत समाबेश गरिने वाइबाले बताउनु भयो।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।