महामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव सम्पन्न

952 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Mahamanjushreeकाठमाडौँ,३ फागुन -शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्ने धारणा नागार्जुन–५,सीतापाइलामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् ।स्थानीय महामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव समारोहका वक्ताले नेपालमा सैद्धान्तिक भन्दाव्यावहारिक र प्रयोगात्मकशिक्षाको आवश्यकता औँल्याएका हुन् ।राज्यको स्रोत साधनउपयोग गर्न सक्षम जनशक्ति उत्पादनगर्न हामी प्रयासरत छौँ ।समारोहको सभापतित्व गरिरहेका प्रिन्सिपल चुडामणि मरासिनीले भने । स्वागत मन्तव्य व्यक्तगर्दै भाइस प्रिन्सिपल हेमलता चाम्लिङ्गले विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताइन् ।नागार्जुन कम्युनिकेसन स्टेसनरी एण्ड सप्लायर प्रालिका सञ्चालक माधव अधिकारीले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयको विकासमा राज्यले ध्यानदिनुपर्ने बताए ।समारोहमा विद्यालयको मासिक बुलेटिन महामञ्जुश्री दर्पणको विमोचन पनि गरिएको थियो।
सोही अवसरमा विद्यार्थीले विभिन्न खानाका परिकार बनाई १३ वटा स्टलमा राखेर बिक्री वितरण गरेका थिए ।नेपालको परम्परागत खानाका परिकार बनाई पूर्व व्यवसायिक शिक्षाको पाठ्यक्रममा सिकेका सीपलाई प्रयोगात्मक ढङ्गले उपयोग गर्न सिकाउन फुड फेस्टिबल आयोजना गरिएको भाइस प्रिन्सिपल प्रेम जिसीले जानकारी दिए ।
शिक्षक तेजेन्द्र लम्सालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकाथिए ।