सलाङको शिवलिंग प्रबद्र्धन गर्न पदयात्रा कार्यक्रम हुने

854 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_3741 काठमाडौं – धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र ऐतिहासिक शिवलिंगको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ पदयात्रा कार्यक्रम हुने भएको छ ।
ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ स्थापित गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले यही फागुन १३ गते शुक्रबार अर्थात शिवरात्रीको दिन पदयात्रा कार्यक्रम गर्न लागेको हो । पदयात्रामा गएकाहरु १४ गते शनिवार काठमाडौं फर्कने छन् । धादिङ जिल्लाकै नमूनाको होमस्टेको रुपमा रहेको सलाङ होमस्टेको प्रबद्र्धनसँगै शिवलिंगको समेत प्रचारप्रसार गर्ने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको पदयात्राका संयोजकसमेत रहेका भिटोफ नेपालका सदस्य सन्जिव श्रेष्ठले जानकारी गराए । उनले शिवरात्रीको अवसरमा शिवलिंगमा ठूलो मेला लाग्ने भएका कारण सोही अवसर पारि कार्यक्रमको आयोजना गरिएको बताए ।

IMG_3789
पदयात्रा कार्यक्रममा सहभागी हुनेहरुले हाइकिङ कार्यक्रम, शिवलिंगमा लाग्ने मेला, साँझपख साँस्कृतिक कार्यक्रमको अवलोकन, मगर गाउँको भ्रमण तथा अर्गानिक खानाका परिकारहरु खान पाउने भिटोफका द्वितीय उपाध्यक्ष दीपक दाहालले बताए । कार्यक्रममा सहभागी हुन उनले पर्यटन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । काठमाडौंबाट नजिक रहेर पनि ओझेलमा परेको हुनाले र प्रचारप्रसारमा आएमा मात्रै बार्षिक हजारौं पर्यटक त्यस भेगमा जान सक्ने भएको हुँदा सो ठाउँमा कार्यक्रम गरिएको महासचिव वासु पाण्डेको भनाइ छ । कार्यक्रममा सरकारी प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकार तथा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहने जनाइएको छ । सलाङमा यस अघि २०७२ बैशाख १२ गते (गोर्खा भूकम्पको समयमा) पनि पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो ।
यसैबीच, भिटोफ नेपालले केही समय अघि मात्र भादा होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गरेको थियो । आसपासका जिल्लाहरुको १३ होमस्टेका सञ्चालकहरुको सहभागिता रहेको सो कार्यक्रम प्रभावकारी बनेको थियो । भिटोफले पोखरा शाखासँगको समन्वयमा दुम्सी दराई होमस्टेमा एक वृहत भेलाको आयोजना पनि सम्पन्न गर्यो । अब छिट्टै सोही होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कमल सापकोटाले बताए । उनले गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरिएका तीनै होमस्टेमा भिटोफले वृहत कार्यक्रम गर्ने पनि जानकारी गराए पर्यटन न्यूजमा खबर छ । ।