जीवन संघर्ष र सफलताको कथा: लोकदोहोरी गायिका बबिता गुरुङ्ग

1258 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

babita gurungलोकगीतसङ्गीतको उर्वर भुमि गण्डकी अञ्चलको स्याङ्जा जिल्लाले हालसम्म थुप्रै सर्जक कलाकार जन्माइसकेको छ। यसै सिलसिलामा कलाकारको लाइनमा पंक्तिबद्ध हुन आएकी छिन् गायिका बबिता गुरुङ्ग। रहरले सांगीतिक क्षेत्रमा आउने, एकाध गीत गाउने, आफ्नै एल्बम निकाल्ने , अनि केही समयपछि बाटो मोड्ने।
यस्तो जमात बढिरहेको समयमा लोकसांगीतिक क्षेत्रमा सानैदेखि चासो राख्ने, प्रतियोगिताहरुमा सहभागी हुने गरेकी बबितालाई त्यतिबेलाका प्रतियोगितामा विजय प्राप्त गर्दा नै यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने लाग्थ्यो रे। त्यसैलेत संघर्ष गरेर आजको स्थानमा आइपुगेकी छन् र निकै खुशी पनि छन् ।

धेरै अरुका गीतमा स्वर दिएपछि मात्र आफ्नो एल्बम बजारमा ल्याएकी बबिताको पहिलो एल्बम “जानेलाई जान देऊ” वरिष्ठ लोकदोहोरी गायक राजु परियार र उनको आफ्नै स्वरमा रेकर्ड भएको हो। गीतसंगीतकै निम्ति काठमाडौँ प्रवेश गरेकी बबितालाई शुरुमा लमजुङ्ग दोहोरी साँझबाट अफर आयो, त्यहाँ गएर ३ महिना दोहोरी साँझमै गीत गाइन्। २०६४ सालमा लमजुङ्गकै बाग्लुङ्गपानी मेलाको कार्यक्रममा काठमाडौंबाट आउनुभएका चर्चित कलाकारहरु देव गुरुङ, भिमकला गुरुङ, गडेश गुरुङसंग भेट भयो। उनी सम्झिन्छिन् “मैले गणेश दाजुसंग कुरा राखें।

काठमाडौं पुग्न सकिन्छ कि सकिन्न, सकिन्छ भने कसरी सम्भव होला भनी चासो व्यक्त गरें। पछि चर्चित गायक गणेश गुरुङ दाइले मेरो बारेमा सबै सोध्नुभो। मैले गीत गाएको पनि उहाँले सुन्नुभो। त्यसपछि मेरो गायनलाई रुचाएर उहाँले काठमाडौंसम्म डोर्‍याउनुभयो। काठमाडौं प्रवेशसंगै मैले सुरुमा ठमेलस्थित दोभान दोहोरी साँझमा गीत गाएँ, गणेश दाइ पनि त्यहीं गीत गाउनुहुन्थ्यो। दोभान दोहोरीमा त्यतिबेला थुप्रै चर्चित कलाकारहरु हुनुहुन्थ्यो। दोभान दोहोरीका सञ्चालकहरु दुर्गा गुरुङ, रेसम गुरुङ्ग,गुरुङ्ग चलचित्रका अभिनेताहरु लगायतका थुप्रै चर्चित श्रष्टाहरु हुनुहुन्थ्यो। तसर्थ पनि मलाइ काम गर्न सहज भो। सिक्ने मौका धेरै पाएँ।”

बबिताको स्वरमा हालसम्म ‘पञ्चेबाजा, सालैजो भाका घुम्टेको लेकमा, बसन्त ऋतु दोहोरीगीत, बजारमा आइसकेका छन् भने ‘फूल छ हिलोमा’ आउने क्रममा छ भने अहिले बजारमा चलिरहेको गीत ‘जानेलाई जना देऊ’ चर्चा बटुल्ने क्रममा छ।
कुन गीतले स्थापित गरायो भन्ने प्रश्नमा गायिका बबिता यसो भन्छिन् : “संघर्ष त धेरै गरें। मैले दोहोरी गायन क्षेत्रमा तर अब सांगीतिक बजारमा कुन गीतले मलाई स्थापित गराउने हो त्यो हेर्न बाँकी छ। किन कि रेकर्डिङ्ग गरेर गीत गाउन हालै सुरु गरेको छु।”

गौ बहादुर गुरुङ्ग र तुलसा गुरुङ्गकी सुपुत्री बबिताको जन्मथलो स्याङ्जाको भिरकोट नगरपालिकाको वडा नं ३ पखेरे हो। लोक दोहोरी क्षेत्रमा अहिलेसम्म कृयाशील बबिता यही क्षेत्रमा स्थापित हुने प्रयास गर्दै छिन् ,भन्छिन् ” अब बाटो मोड्न पनि सक्दिन। गीतसंगीतमै मैले जीवन अर्पण गरिसकें र गरिरहने छु।”

वर्तमान सांगीतिक अवस्था कस्तो छ, आएका बिकृतिबारे के भन्नू हुन्छ ? हामीले सोधेको प्रश्नको जवाफमा बबिता : “बिकृतिको बारेमा त कसलाई के भन्न सकिन्छ र ? मैले देखेको १० बर्ष को अन्तरालमा फरक त छ नै। नराम्रो बिकृति छ भनुम् भने म आफु पनि यही क्षेत्रमा छु। हुनेखानेले जे पनि गर्छन् आफ्नो इच्छाअनुसार चल्न खोज्नेलाई रोकेर सकिन्न रहेछ। सुधार्नु पर्ने पक्षहरु जे होस् धेरै छन्।”
स्टेजमा सम्मानित हुने अवसर धेरै पाएकी भएपनि गीतबाट अवार्ड भने नपाएको बताउँछिन् बबिता कारण बजारमा भर्खरै गीत आउनु हो उनको भनाइमा। पहिलो पटक बिजेता भएर उपहार पाएको चाहिं लमजुङ्गमा भएको तिजको कार्यक्रममा थियो।

अन्तमा हामीले सोध्यौं, नयाँ कलाकारलाई के सुझाव दिनुहुन्छ ?
“राम्रा कलाकारहरुले प्रगति गरुन्, राम्रा कलाकारहरु देख्न पाउँ, हामीले झैँ दुख गर्न नपरोस्, मैलेझैँ स्टेज पाउन गाह्रो आउने कलाकारहरुलाई नहोस्, पैसा भए कलाकार बनिन्छ भन्ने सोच राखेर भन्दा आफुमा के क्षमता छ के गर्दा ठिक हुन्छ भन्ने चिनेर आउनुहोस् ।
कलागलाको महत्त्व होस्।” सुझावका साथमा इच्छा पनि व्यक्त गरिन् उनलेे। हामी चाहन्छौं उनको यो इच्छा पूरा होओस्।
प्रस्तुति : किस्ना आचार्य रोशनी

बबिता गुरुङ्गको एल्वम जानेलाई जना देउ माया भिडियो हेर्नुहोस्:

https://youtu.be/gHnhqCVQbCg