तामाङ साहित्य सम्मेलन सकियो कुलपतिमा अमृत योञ्जन

731 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं ,११  असार । तामाङ सहित्य सम्मेलनको दोश्रो भेलाले अमृत योेन्जन तामाङको कुलपतिमा ९ सदस्यीय प्राज्ञ परिषदको गठन गरेको छ । सम्मेलनले उपकुलपतिमा बुद्ध योन्जन लामा, सचिव खोजराज गोले, कोषाध्यक्ष राम.बि लामालाई चयन गरेको छ । यसैगरी परिषद सदस्यहरुमा बिना तामाङ, अर्जुन पाख्रिन, सन्चु ब्लोन, सिर्जना गोले र ढकबहादुर घिसिङ चयन हुनुभएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनले तामाङ भाषामा लेखिएका साहित्यको संरक्षण, स्तरियता र नयाँ विधामा तामाङ भाषामा साहित्य लेखनमा जोड दिइएको छ । तामाङ साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्ने उदेश्यले आयोजित देशैभरीका सहित्यकारहरुको सम्मेलनमा तामाङ साहित्य एकेडेमीले तामाङ साहित्यको बिकासका लागि १० वर्षे योजना समेत पारित गरेको छ ।

तामाङ साहित्य एकेडेमीले पे्रस विज्ञप्ती जारी गर्दै तामाङ जातिको महत्वपूर्ण दिनहरुको तिथि पात्रो, साहित्यलाई मजबुत गराउने अडानपत्र माथि व्यापक छलफल सहित पारित गरिएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा तामाङ भाषाको लेखन शैली पुस्तिकाको अवधारणा बारे व्यापक छलफल गरी नव गठित एकेडेमीले टुंगोमा पु¥याउने निर्णय गरेको उल्लेख छ । एकेडेमीले साहित्यको कविता, नाटक, आख्यान, निवन्ध, लोकसाहित्य, समालोचना, अनुवाद र बालसाहित्य विभाग बनाइ अध्ययन अनुसन्धान र प्रकाशनलाई १० वर्ष सम्ममा नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ । एकेडेमीमा ३३ जनाको प्राज्ञसभा रहेका छन् ।