औंलाबाट यौनसन्तुष्टि प्राप्त हुन्छ

2141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-डाक्टर राजेन्द्र भद्रा

मेरी श्रीमती लिंगभन्दा पनि औंलाबाट यौनसन्तुष्टि प्राप्त हुन्छ भन्छिन् । नियमित औंलामार्फत यौन क्रियाकलाप गर्दा कुनै नकारात्मक असर पर्छ कि पर्दैन ?
७२८९  महिलाले कसरी यौनसन्तुष्टि प्राप्त गर्छन् ?
मानव यौन प्रतिक्रिया चक्र चारवटा चरण १. एक्साइटमेन्ट फेज, २. प्लाटो फेज ३. अर्गाज्म फेज र ४. रिजोलुसन फेजबाट गुज्रन्छ । प्लाटो फेजमा भएको यौन Stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो भए पनि मानव यौन जीवनमा त्यसको विशेष महत्व छ, किनभने यसैबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द यसका लागि प्रयोग हुन्छन् । तपाईंकी श्रीमतीले प्रयोग गर्नुभएको सन्तुष्टि शब्दले यसैलाई संकेत गरेको हुनुपर्छ ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक पाइन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी सयम लाग्न सक्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक  Refractory Period हो । पुरुषलाई चरमसुख पाएपश्चात् केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिंदैन ।

श्रीमतीले किन त्यसो भनेकी होलिन् ?
तपाईंहरूको बीचमा यौनका सम्बन्धमा स्पष्ट कुराकानी भएको बुझिन्छ । उहाँले सन्तुष्टि प्राप्त हुने कुरा तपाईंले नै लेख्नुभएको छ । त्यसो भए पनि यो कुरा बुझ्न एकपल्ट महिला यौनांगका बारेमा जानकारी लिऊँ । पुरुष र महिला दुवैको यौन संवेदनशील अंग यौनांग नै हुन्, तर यहाँ महिलाको यौनांगको फरकपनलाई पनि ध्यान दिनुपर्छ । तपाईंलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अंग ‘भगांकुर’ बाहिरतिरै हुन्छ । सामान्यत: पुरुष माथि र महिला तल रहेर गरिने लिंग–योनि मैथुनमा महिलाको भगांकुरको घर्षण राम्रोसँग हुन पाउँदैन । लिंग–योनि मैथुन गर्दा महिला माथितिर रहेर उनले आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन् र त्यसो गर्दा केही भए पनि भगांकुरमा घर्षण गराउन सकिन्छ जसले महिलालाई यौनसुख प्राप्त गर्न सहज बनाउँछ । तपाईंलाई थाहै होला, हात वा औंला नै चलाएर पनि यौन चरमसुख प्राप्त गर्न सकिन्छ । यौन प्रसाधन जस्तै भाइब्रेटरको प्रयोग अर्को उपाय हो ।

भगांकुरको घर्षणबाहेक महिलाले योनिमा केही कुरा पसाएर घर्षण गराउनु अर्को उपाय हो । लिंगको गतिभन्दा यसरी योनिमा औंला वा अन्य कुनै लिंगाकार वस्तु पसाउँदा गतिलाई तीव्र बनाउन सकिन्छ, जसले महिलालाई यौनआनन्द प्राप्त गर्न सजिलो हुन्छ । औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान (योनिमा) खोज्न सकिन्छ जुन सामान्यत: योनिको अगाडितिरको भित्तामा केही भित्र प्यूविक हाड र पाठेघरको मुखको बीचतिर हुन्छ । तपाईंकी श्रीमतीले औंला पसाउँदा चरमसुख वा आनन्द प्राप्त गर्न सहज भएको हुनाले त्यसका लागि अनुरोध गर्नुभएको हुन सक्छ । यसरी उहाँले भन्नुभएको छ भने तपार्इंले श्रीमतीलाई यौनसुख प्रदान गर्न यो अवसरको पर्याप्त फाइदा उठाउनुपर्छ । यौन सुख प्रदान गर्न लिंग पसाउनैपर्ने बाध्यता वा हीनताबोधबाट बाहिर निस्कन अनुरोध गर्छु । यसलाई लिएर अनावश्यक रूपमा सोच्न वा चिन्ता गर्न आवश्यक छैन ।

महिलालाई यौन सुख दिने सन्दर्भमा भगांकुर वा योनिबाहेक पनि स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुनु लाभदायक हुन्छ ।

त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै अर्थात् एकसाथ प्राप्त गर्न मद्दत पनि गर्छ ।

हानि गर्छ कि ?
एकपल्ट विचार गनुहोस् त, किन औंला प्रयोग गर्दा हानि गर्ला भन्ने सोच आएको ? यौनसम्पर्क गर्दा दिनहुँ लिंग पसाउँदा हानि गर्दैन भने औंला प्रयोग गर्दा किन र कसरी हानि हुन्छ ? औंला प्रयोग गर्दा हानि हुँदैन भन्ने कुरामा विश्वस्त हुनुहोस् ।

औंला प्रयोग गर्दा सरसफाइमा भने पर्याप्त ध्यान दिनुपर्छ । तपाईंलाई थाहै छ, हामीले हातले अनेक कुरा छुन्छौं जसमध्ये कतिपय कुरा जीवाणुयुक्त हुन सक्छन् । त्यसैले हात सफा हुनु जरुरी छ । औला प्रयोग गर्दा नङले चोट नलागोस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

अर्को कुरा, लिंग पसाएका बेलाभन्दा औंला प्रयोग गर्दा यसको दबाब बढी र गति निकै तीव्र हुन सक्छ, जसले घर्षण तीव्र हुँदा योनिको भित्री छालामा चोट लाग्न सक्छ । त्यसैले योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ । तपाईंलाई थाहै छ, यौन उत्तेजना हुँदा स्वाभाविक रूपमा योनिबाट रस आउँछ । केही गरी पर्याप्त मात्रामा रस नआएको स्थिति भए अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन ।

-साप्ताहिक कान्तिपुरबाट