स्तनको आकार फरक–फरक किन हुन्छ ?

1060 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2a39d6809d2a04496debc3cd087ae7861488968369महिलाको छातीमा रहेका दुईवटा विशेष प्रकारका बाहिरी अंगलाई स्तन भनिन्छ । स्तनलाई सौंदर्यको प्रतिकका रुपमा पनि हेर्ने गरिन्छ । स्तनको भित्रि भागमा रहेका ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ । स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्ग मानिन्छ । बालिका किशोरावस्थामा पुगेपछि हर्मोनको प्रभावले बालिकामा रहेका स्तनको विकास हुन जान्छ ।

स्तनको वृद्धि धेरै जसो बालिकामा ११ वर्षको उमेरमा सुरु भएर १६ वर्षमा पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको कारण महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव रहन्छ । उमेर अनुसार बढी ठूलो वा सानो स्तनका कारण महिलाहरुको मानसिकतामा नकारात्मक प्रभाव पर्न सक्छ । आकार र आकृतिका कारण महिलाहरु चिन्तामा रहेको हुन सक्छन् । यस सँगै आत्मसम्मानको कुरा जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारण बढी चिन्ताले चिन्तित हुनु राम्रो भने अवस्य होइन । विदेशी समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना त्यो समाजमा पाइन्छ । यदाकता नेपालमा पनि बिभिन्न प्रकारका स्तन ठूलो बनाउने क्रिम पनि भित्रिएका सुनिन्छ । किर्तिम रुपमा स्तनलाई बनाइने ठूलो–सानोले महिलाको स्वास्थ्यमा असर पर्न सक्छ ।

स्तनको आकारमा वंशाणुगत प्रभाव पनि हुन सक्ने डाक्टरहरुको भनाई रहेको छ । हामीले दैनिक रुपमा खाने खानपीनको पोषणको प्रभावले पनि स्तनको बनावटमा प्रभाव पार्न सक्छ । खानपिन र वंशाणुगत प्रभावले स्तनको आकार निर्धारण भएको हुन्छ । जस्तो प्रकारको खानपिन भयो त्यस्तै प्रकारको स्तनको विकास हुन सक्छ । पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा पनि त्यसको प्रभाव पर्न सक्ने कुरा बिशेषज्ञहरुको भनाई रहेको छ ।–हेल्थ टिप्सबाट