राष्टपति यादवको शरीरमा कुनै रोग देखिएन शुक्रबार काठमाडौं आइपुग्ने

549 पटक पढिएको

सम्पादक: Dhadingnews.com

प्रतीक लामिछाने

काठमाण्डौं,११ असार । जापानको टोकियोस्थित टोकियो युनिभर्सिटि अस्पतालमा उपचार गराईरहनुभएका राष्टपति डा. रामबरण यादवकोशरीरमा कुनै रोग नभेटिएको अस्पतालले जनाएको छ ।

गत सोमबार उपचारको लागि जापान जानुभएका राष्टपति यादवको झण्डै १ हप्ताको स्वास्थ्य परिक्षण र मेडिकल रिपोर्टबाट उहाँकोस्वास्थ्य सामान्य रहेको दोएको टोकियोमा रहनुभएका राष्टपति यादवका छोरा डा. चन्द्रमोहन यादवलेजानकारी दिनुभयो ।
छोरा डा. यादवका अनुसार राष्टपतिकोपटक पटकको स्वास्थय परिक्षणमा कुनै खराबी र रोग नदेखिएको हो । उहाँको स्वास्थ्य सामान्य देखिपछि उहाँलाई असार १२ गते नेपाली समय अनुसार विहान ७ बजे अस्पतालबाट डिस्चार्ज गरिने तयारी छ । डिस्चार्ज गरिएलगत्तै राष्टपति यादव टोकियोमा रहेको ओकुरा होटलमा पुग्नुहुने र भोलिको रात सोही होटलमा विताउने बताइएको छ ।
राष्टपति यादव बिहीबार थाइ एयरको विमानबाट काठमाण्डै प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ठूलो आन्द्रामा दाग देखिएपछि त्यो दाग क्यान्सर हुनसक्ने आशंका सहित उहाँलाई तत्काल उपचारका लागि जापान लैजान उपचारमा संलग्न चिकित्सकहरुले सुझाव दिएका थिए । तत्कालै मेडिकल बोर्डको बैठक बसेर राष्टपतिलाई जापान लैजाने निर्णय गरेको थियो । पछि मन्त्रीपरिषद् बैठकले राष्टपतिको जापानमा हुने सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । राष्टपतिसँग उहाँका छोरा डा. चन्द्रमोहन, छोरी अनिता यादव, निजी चिकित्सक, परराष्टमन्त्रालयका शिष्टाचार महापाल, ३ सुरक्षाकर्मी, १ सहयोगीसहित १० जनाको टोली जापानै रहेको छ ।