संविधानसभा सदस्य निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोग र ७४ दलबीच छलफल

595 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । निर्वाचन आयोगले केही दिनअघि तयार पारेको संविधानसभा सदस्य निर्वाचन आचारसंहिताको मस्यौदाको बारेमा आज ७४ वटा दलसँग छलफल गरेको छ ।
दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका १ सय ३९ वटा दलमध्ये मंगलवार पहिलो चरणमा आयोगले ७४ वटा दलसँग छलफल गरेको हो । आचारसंहितामा समावेश गरिएका बुदाँबारे राजनितिक दलहरुले फरक फरक धारणा राखेका छ । छलफलमा सहभागी अधिकांश दलले आचारसंहितामा सहमति जनाए पनि एकीकृत नेकपा माओवादीले २०६४ को संविधानसभा निर्वाचनकै आचारसंहिता लागु गर्नुपर्ने भन्दै नयाँ आचारसंहिता आवश्यक नभएको जनाएको छ । नयाँ आचारसंहिता लागु गर्न खोजिए संविधानसभा निर्वाचन नै नहुने सम्भावना भएको चेतावनी दिनुभयो । तर नेपाली काङग्रेस, नेकपा एमाले लगायतका दलले नयाँ आचारसंहिताको स्वागत गर्दे केही बुदाँहरु सच्याउन सुझाव दिएका छन् । आयोगले तयार पारेको संविधानसभा सदस्य निर्वाचन आचारसंहितामा निर्वाचनमा सहभागी प्रत्यक्ष उम्मेदवारले दशलाख रुपैया र राजनितिकदलले एक जना समानुतिक तर्फका उम्मेदवार बराबर एक लाख रुपैयाका दरले खर्च गर्न पाउनेछ । यस्तै निर्वाचनको मतगणना सार्वजनिक भएको ३५ दिनभित्र सबै दलले आम्दानी र खर्चको स्रोतसहितको निर्वाचन खर्चसम्बन्धी विवरण आयोगमा बुझाउने पर्ने प्रावधान छ ।