नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा चन्द्रकान्त अधिकारी विजयी

897 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17862384_1458317160908114_6122095096957427585_nनेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा धादिङका चन्द्रकान्त अधिकारी विजयी हुनुभएको छ । काठमाण्र्डौमा जारी महासंघको ५१ औं अधिबेशनबाट अधिकारी महासंघको केन्द्रिय समितिको सदस्यमा विजयी हुनु भएको हो ।

अधिकारी धादिङ उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत हुनुहुन्छ । खुल्ला तर्फको १८ जना केन्द्रिय सदस्यमा २८ जनाको प्रतिष्पर्धा रहेकोमा ६४ मत ल्याएर अधिकारी केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । धादिङबाट महासंघको केन्द्रिय समितिमा पुग्ने अधिकारी पहिलो व्यक्ति हुनुहुन्छ । धादिङ न्यूज डट कम परिवार अधिकारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।