लोकमार्ग क्षेत्रमा प्रहरीको सक्रियता

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC08911 copyबैरेनी (धादिङ्न्युज)।  लोकमार्ग क्षेत्रमा हुने अनैतिक क्रियाकलापलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यलय धादिङले असार १४ गते देखि१ हप्तासम्म लोकमार्गिय अपराध नियन्त्रण कार्यको सञ्चालन गर्ने भएको छ ।
बिहीवार धादिङको मासटारमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रहरीले सो कुराको  जानकारी गराएको हो । धादिङ जिल्लाको लोकमार्गहरु तथा आसपासका क्षेत्रहरुमा हुने गैह्र कानूनी क्रियाकलापलाई नियन्त्रण गरी अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउने, ट्राफिक नियमको पालना गराउने र सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने, त्रिशुली नदीमा अवैध रुपमा हुने बालुवा तथा गिट्टी चोरी निकासी कार्यलाई नियन्त्रण गर्न, लोकमार्गमा हुने सडक अवरुद्ध तथा चक्काजामलाई पुर्ण निषेधित गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
अभियान अन्र्तगत पृथ्वीलोकमार्गको मौवाखोला देखि नौविसे सम्मा र त्रिभुवन राजपथको नौविसे पिपलामोड सम्मको ८६ किलोमिटर र त्रिभुवनलोकमार्गको नौविसे तसर्पू खण्डको ३३ किलोमिटर आसपासका क्षेत्रहरुलाई अपराध नियन्त्रण क्षेत्र घोषणा गरिने धादिङका प्रहरी नायव उपरीक्षक अशोक सिंह ठकुरीले बताए ।
धादिङ जिल्लामा बढ्दै गईरहेको चोरी , डकैती, गुण्डागर्दी, लागु औषध ओसारपसार, मानव वेचविखन तथा ओसार पसार र सवारी दुर्घटनालाई मध्यनजर गर्दै सो अभियान सञ्चालन गरीएको प्रहरीले जनाएको छ ।