शिक्षा क्षेत्रमा केही गर्ने चाहना छ जिल्लाकै कान्छी सदस्यको

835 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2074-02-06- kanchhi sadasyधादिङ, -वीस वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्यमा २२ वर्षिया सदस्य विजय भएकी छिन् । स्थानीय तहको उम्मेदवार हुन २१ वर्ष पुरा हुनु पर्ने स्थानीय तह निर्वाचन सम्वन्धी ऐनले व्यवस्था गरेको छ । गजुरी गाँउपालिका वडा नं. ८ बाट ५०६ मत प्राप्त गरी विजय भएकी कविता अहिले सम्मकै जिल्लाकै कान्छि जिल्ला सदस्य बनेकी छिन् । २०५२ साल वैशाख १ जन्मिएकी गणेश वराल र कृष्णकुमारी वराल को कोषबाट जन्मिएकी  कविता  स्थानीय तहको निर्वाचनको पहिलो चरणमा उम्मेदवारी दर्ता गर्ने दिन २०७४ वैशाख १९ गते २२ वर्ष १८ दिन पुगेकी थिइन ।
वराललाई वीस वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गजुरी गाँउपालिका वडा नं. ८ बाट महिला सदस्यमा उम्मेदवारी बनाएको थियो । उनी अहिले किराञ्चोक माद्यामिक विद्यालय किराञ्चोमा कक्षा ११ मा पढ्दै अध्ययन गदैछिन् । गत वर्ष उनले गाँउकै सहदेव कुँवरसंग विवाह गरेकीछिन् । वरालको माइती र घरपविार २०४७ सालपछि नेकपा एमालेको शुभचिन्तक हुन् ।
“आफ्नो वडामा एमालेको तर्फबाट आफु एक्लै विजय भएकोले थप जिम्मेवारीे छ, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिवद्धता पुरा गर्नु पर्छ, त्यसको लागि भुमिका खेल्छु” वरालले भनिन् । महिला दिदीवहिनीहरुको समस्यालाई पहिलो प्रथमिकतामा राखेर काम गर्ने छु । वडाको विकासका लागि वडा अध्यक्ष, पालिका अध्यक्ष÷उपाध्यक्षसंग समन्वय गर्ने छु वरालले भनिन् । यस अघि ८६ वर्षिय चन्द्रमाया विक थाक्रे गाँउ पालिका वडा नंं. ५ बाट दलित महिला सदस्यमा विजय भएकी छिन् ।