खनियाबासमा पशु विमा सचेतना कार्यक्रम

1028 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pashu bima khaniyabasखनियाबास–जिल्लाको खनियाबासमा पशु बिमा कार्यक्रमको बिषयमा सचेतना प्रदान गरिएको छ । कार्यक्रममा खनियावास गाऊँपालिका वडा नम्बर ३ र ४ दार्खामा गठन भएका १७ वटा सामुदायिक सस्थाका ४० सदस्यहरुको सहभागीता रहेको थियो ।
गरिबि निवारण कोषको साझेदारीमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजिकरणमा गठनभएका सामुदायिक सस्थाका अगुवाहरुलाई् लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । साविकको दार्खा गा.बि.समा ६२ लाख भन्दा वढी आयआर्जन कार्यक्रम सम्झौता भईसञ्चालन भईरहेको संस्थाले जनाएको छ ।

लगानीको ६५ प्रतिशत भन्दा वढी पशुपालनमा लगानी भएको र स्थानीय समुदायको आर्थिक सहभागिता पनि निकै रहेको पाईएकोले पशुपालनवाट हुनसक्ने जोखिमलाई कम गर्न नेपालको सरकारवाट किसानको पशुबिमामा ७५ प्रतिसत प्रिमियम अनुदान दिने कार्यक्रमलाई प्रभावकारी वनाउन आवश्यक रहेकाले सचेतीकरण कार्यक्रम आयोजना गरिएको सिड्स धादिङका कार्यकारी निर्देशक एबं गरिबी निवारण कोष कार्यक्रम संयोजक गोकर्ण रुपाखेतीले वताउनु भयो ।