असार लाग्दापनि खडेरी – किसानहरु चिन्तित

2276 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ- लामो खडेरीका कारण धादिङ जिल्लामा लगाइएका अन्न बालीहरु सुक्न थालेका छन । अन्न बालीहरु सुक्न थालेपछि धादिङका किसानहरु चिन्तित बनेका छन । आकासे पानीमा भर परेर खेती गर्नु पर्ने बाध्यतामा रहेका किसानहरु खडेरीको मारमा परेपछि खाद्यान्न संकट तथा भोकभरी लाग्ने डरले थप चिन्तामा परेका छन ।

हो यी किसानको यो प्रतिनिधि पीडाले हालको खडेरीले आम किसानमा पार्न लागेको संकटको संकेत गर्दछ । खडेरीका कारण धादिङ जिल्लाको जीवनपुर,छत्रे देउराली ,नौबिसे केववलपुर लगायतका स्थानमा  मकै तथा तरकारी वाली सुकेका छन ।

जिल्लाका धेरै जसो किसानहरुले आकासे पानीमा भर परेर खेतीगर्नुपर्ने भएका कारण लगायका बाली चर्का घामका कारण लगाईएका बालीहरु खेतवारीमै डडेका हुन भने बैशाखमै छर्नु पर्ने मकै तथा त्यतिबेलै राख्नु पर्ने धानको बीउ समेत राख्न पाएका छैनन । दिनप्रतिदिन खडेरी बढ्दै जान थालेपछि धादिङमा अन्नबाली सखाप हुने अवस्थामा पुगेका कारण स्थानीय चिन्तित बनेका छन् । यतिबेला पानी पर्ने मौसम भएपनि खडेरी बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

खडेरीले खोलानाला सुक्न थालेपछि पानीबाट चल्ने पानी घट्ट समेत  बन्द भएका छन् । खडेरीको प्रभाब जिल्लाको सबै भागमा पर्न थालेको छ ।  अन्नवालीहरु सुकेर नष्ट हुने अवस्थामा पुगेका छन् । गाउँमा खानेपानीको हाहाकार छ भने खेतबारीमा लगाईएको अन्नवाली खडेरीले गर्दा सुक्दै जानथालेपछि सर्बसाधरण चिन्तित बन्न थालेका छन ।

सिँचाईको सुबिधा नभएपनि आकाशे पानीले पर्याप्त पुग्ने बस्तिहरुमा पनि खडेरीको तीब्र प्रभाव परेको छ । खडेरीले समुद्री सतहदेखि तीन हजार मिटरसम्म उचाईमा पर्ने लेकाली हावापानीमा मात्र पाईने अन्नबाली पनि सुक्न थालेको छ । जिल्लाको दक्षिणी र मध्य भेगको अधिकांश स्थान र उत्तरी भेगका केही ठाउँहरुमा अन्नबाली पनि सुकेर सखाप भएका download (1)छन् । गल्छी गाउँपालिका वडा नम्बर १ रामप्रसाद खतिवडा भन्नुहुन्छ–‘तल त्रिशूली  बगिरहेको भएपनि माथि टारमा अन्नबाली सुक्न थालेको छ । यसरी नै  खडेरी लम्बिएमा मकै र धानखेती  खेर जाने निश्चित छ ।’

खडेरीले यसवर्ष जिल्लाको उत्पादन एकदमै न्युन हुने आँकलन गरिएको छ । पानी नपर्दा खेती विग्रेको छ  भने कतिपय गाँउहरुमा खडेरीले लगाईएको अन्नबाली  बोटै सुक्न थालेका छन् ।खडेरीका कारण धानचमरा निस्किन लागेका मकैका बिरुवा सबै मर्न थालेका छन । नेपालका अधिकांस भूभागमा पानी नपर्दा किसानहरु नराम्रोसंग खडेरीको मारमा परेका छन ।खडेरीले गर्दा सिंचाईको पर्याप्त सुविधा नभएका ठाउँमा लगाइएको मकै भटाभट सुक्न थालेका छन् । वर्षाको भरपर्ने किसानहरु पानी नपर्दा मर्कामा परेका छन् ।