आज असार १५ धान दिवस,दही चिउरा खाँदै मनाइदैं

1512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ropai-e1435634445693-1असार १५ -मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।

रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

धान दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना