आरुवासटारका कृषकलाई तरकारी खेती सम्बन्धी तालिम 

997 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

focash-nepalधादिङ – निर्वाहमुखी तरकारी खेती गर्दै आएका धादिङ जिल्लाको सिद्दलेक गाउँ पालिका वडा नम्बर ४ स्थित आरुवासटारका किसानहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ ।

प्राक्टिकल एक्सन काठमाडौंको सहयोगमा फोकस नेपाल धादिङको आयोजनमा तालिम दिइएको हो तालिममा सिद्दलेक ४ नम्बर  वडाका करिव २५ जना किसानहरुको सहभागिता रहेको छ ।

तालिममा सहभागी कृषकलाई प्रयोगात्मक शिक्षासहित तरकारीको बिरुवा उत्पादन, नर्सरी, बिरुवा व्यवस्थापन , टर्नेल खेती , रोगकिराको पहिचान गरी निवारणको उपायलगायतका विषयमा  जानकारी  दिइने प्राक्टिकल एक्सन नेपाल काठमाडौंका धर्म प्रसाद पाण्डेले बताउनु भयो ।

विगतदेखी परम्परागत र निर्वाहमुखि तरकारीखेती उत्पादनमा लागेका सिद्दलेक ४ आरुवासटारका किसानहरूले तालिमपछि   आधुनिक र व्यावसायिक तरकारी उत्पादनमा लाग्ने अपेक्षा गरेका छन् ।

तालिम तरकारी खेती गर्दै आएका किसान युवा र महिलालाई लक्षित गरी सञ्चालन गरिएको फोकस नेपाल धादिङका विनोद छत्कुलीले बताउनु भयो । असार १४ गतेदेखि सुरु भएको तालिम आगामी असार १६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्धघाटन प्रमुख अतिथि एवम् सिद्दलेक गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामहरि बराकोटीले परम्परागत र निर्वाहमुखी तरकारी खेती गर्दै आएको आरुवासटारका किसानलाई  प्रदान गरिएको तालिमले व्यावसायिक तरकारी उत्पादनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरेको बताउनुभयो ।

सिद्दलेक ४ आरुवासटारका कृषकले आगामी दिनमा जिल्लाको तरकारी मागलाई अझ बढी योगदान गर्न सक्ने अपेक्षा गरेको उहाले बताउनुभयो । तालिममा आधुनिक कृषिको महत्व र नेपाल सरकारले कृषि सम्बन्धी दिइने अनुदानको विषयमा जिल्ला कृषि विकास कर्यालय धादिङका कृषि प्रसार अधिकृत रामचन्द्र गौतमले जानकारी दिनुभयो ।