विकास पत्रकारिता पुरस्कार पत्रकार मुरारी अधिकारीलाई

1448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ  –नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको १० हजार राशी रहेको  विकास पत्रकारिता पुरस्कारबाट धादिङका पत्रकार मुरारी अधिकारी पुरस्कृत भएका छन ।

धादिङ जिल्लाको विकासमा पत्रकारिताको क्षेत्रबाट पु¥याएको योगदानको मुल्याङकन गर्दै आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले  अधिकारीलाई २०७३ सालको विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा,धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्य, धादिङका स्थानीय विकास अधिकारी जिवलाल भुसालले  सम्मानसँगै अधिकारीलाई नगद , प्रमाणपत्रका साथै  खादा लगाईदिएर संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।

अधिकारी २०६३ सालमा मंगल प्रभात किरण साप्ताहिकको सम्पादक भएर पत्रकारितामा प्रवेश गर्नु भएको थियो । यो बिचमा अधिकारीले दिव्यदर्शन टेलिभिजनमा समाचार प्रमुख, धादिङ हटलाइन अनलाइनको सम्पादकको जिम्मेवारी वहन गरिसक्नु भएको छ ।  हाल गोरखापत्र दैनिकको धादिङ संवाददाता रहनु भएका अधिकारी नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीका स्थायी वासिन्दा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र जिल्ला समन्वय समितिको संयुक्त रुपमा चारवर्ष अघि घोषणा गरेको विकास पत्रकारीता पुरस्कार यसभन्दा पहिले पत्रकार सीतारामप्रसाद बर्मा,  शीव सिलवाल र केशव अधिकारीले प्राप्त गरिसकेका छन् ।