गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ खुल्ला दिसामुक्त क्षेत्र घोषणा

1516 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

गजुरी -धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तहको नयां संरचना अनुरुप गजुरी गाउँपालिकामा पर्ने ३ वटै वडा स अघि गजुरी गाविस कायम रहेको थियो ।

????????????????????????????????????

गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाको अध्यक्षतामा असार १६ गते गजुरी स्थित आदर्श माविमा आयोजित भएको भव्य कार्यक्रममा बिच धादिङ क्षेत्र नम्बर ३ का सांसद एवम पुर्व स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले साविकको गजुरी गाविसलाई खुल्ला दिसामुक्त गजुरी घोषणा गर्दै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गराउन गजुरीले थप एक खुडकिला पार गरेको बताउनु भएको थियो । घोषणा सभालाई सम्वोधन गर्दै सांसद पाण्डेले अवका दिनमा खुल्ला क्षेत्रमा कसैले शौच नगरे मात्र घोषणाको औचित्य पुष्टि हुने वताउनु भयो । कुनै पनि कामको घोषणा गर्नुभन्दा कार्यान्वयन गर्नु निकै चुनौती हुने भएकाले गजुरी गाउँवासीले अबका दिनमा आफ्नो आनीबानीमा सुधार गरेर नमूना बन्ने सांसद पाण्डेको विश्वास थियो ।

????????????????????????????????????

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले साविकको गजुरी गाविस खुल्ला दिशामुक्त घोषणा भएको वोर्डको व्यानर खोल्नुका साथै गजुरी गाउँपालिकाका उपाध्यक्ष ढुंगानालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
घोषणा सभालाई सम्वोधन गर्दै कार्यक्रमका अतिथिहरुहरुले खुल्ला क्षेत्रमा शौच नगरेर जिल्लालाई खुल्ला दिशामुक्त बनाउनमा सबै सक्रिय भएर लाग्नु पर्ने आग्रह गरेका थिए । शौचालयको प्रयोग गरेर सभ्य नागरिकको परिचय दिनको लागि सबैको आग्रह थियो ।
सन २००९ देखि सुरु भएको उक्त अभियान पश्चात हाल सम्म साविककोे गजुरी गाविसको २४ सय ३३ घरधुरी मध्ये २४ सय २८ घरमा चर्पीको निर्माण भई प्रयोगमा आईरहेको गजुरी गाउँपालिका वडा नम्बर १,२ र ३ का सचिव गिरिप्रसाद विष्टको दावी छ । थालनी पूर्व सिमित घरमा मात्रै शौचालय रहेकोमा २०७२ बैशाख १२ को भुकम्प अघि ११ सय ३० घरमा शौचालय निर्माण भई प्रयोगमा आएकोमा भुकम्पले अधिकांश र घर र शौचालयमा क्षती पु¥याएपछि पुन निर्माण अभियाननै संचालन गर्नु परेको विष्ट बताउनुहुन्छ ।
अभियान सम्पन्न गर्न प्रति घर १३ हजार ७ सय २५ रुपैयाँका दरले कुल २ करोड ४९ लाख ९३ हजार २२५ रुपैया खर्च भएको र सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि फोकस नेपाल, शान्ति नेपाल लगायतका संस्थाको योगदान महत्वपूर्ण रहेको गाउँपालिका उपाध्यक्ष ढुंगानाले वाउनु भयो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि खुल्ला दिसामुक्त अभियानमा सघाउने गैर सरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनीधि, शिक्षक,सरोकारवाला निकायका प्रतिनिधि आमा समूहका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
खुल्ला दिसामुक्त क्षेत्र गाविस घोषणा समारोहमा गजुरी गाउँपालिकाका कार्यकारी अधिकृत देविलाल सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा सचिव बिष्टले यादबले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । घोषणा सभाका नाचगान,भजन सहितको झांकी प्रस्तुत गरिएको थियो ।