सदमुकाम धादिङबेसीमा सडक भासिंदा दर्जनौं घर जोखिममा

7480 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhadingधादिङ- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मुख्य सडक भासिएपछि दर्जनौं घर जोखिममा परेका छन ।  धादिङको निलकण्ठ नगरपालिका–३ स्थित सिरानवजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका छन् ।

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानी भित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण अझै बग्न सक्ने सम्भावना रहेको पनि स्थानीयले बताएका छन् ।

ठाउँठाउँमा पहिरो गएपछि धादिङ सदरमुकाम क्षेत्रको खानेपानी आपूर्तिसमेत बन्द भएको छ ।सांघुरो स्थानलाई डाईभर्सन गरेर सडक बनाईएका कारण धादिङबेसीको सिरानवजार चौतारोभन्दा माथिको भागमा पटक पटक सडक चिरा पर्ने समस्या देखिने गरेको छ । दुई बर्ष अघिको महाभुकम्पका वेलामा पनि यो सडक खण्ड चिरा चिरा हुन पुगेको थियो । पहिरोले भासिएको स्थान हुंदै सदरमुकाम धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको ३ को केही भाग र  ४,५,६,७ का साथै १४ नम्बर वडाका अधिकांश गाउँवस्ति र नेत्रावती गाउँपालिकाको कटुन्जे जाने मुख्य सडक रहेको छ ।

हेर्नुहोस तस्बिरमा सडकको अवस्था 

 dhading dhadingbesi jokhim sadak 3 dhadingbesi jokhim sadak 4 dhadingbesi jokhim sadak 7 dhadingbesi jokhim sadak 8 dhadingbesi jokhim sadak 9