व्यवस्थापिका संसदको शैलीमा गजुरी गाउँपालिकाको गाउँ सभा अधिबेशन सम्पन्न

1090 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

गजुरी, १६ साउन : स्थानीय  सरकारको मान्यता पाएको स्थानीय तहले आफ्नो दैनिक कृयाकलापलाई केन्द्रिय सरकारको जस्तै शैलीमा प्रस्तुत गर्न थालेका छन् । आईतबार गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिकाको दोश्रो गाउँ सभा अधिबेशन पनि केन्द्रिय सरकारको निति तथा कार्यक्रम र वजेट भाषण भन्दा फरक थिएन ।

गजुरी स्थित आर्दश माद्यामिक विद्यालयको सभा हलमा जनप्रतिनिधि एवं गाँउ सभाका सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व गाँउ विकास समितिका अध्यक्षहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, गाँउपालिकाका कर्मचारीहरु खचाखच थिए । उनीहरु सवै गाँउ सभामा सहभागि हुन आएका थिए र गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षको प्रतिक्षिामा थिए । जव अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र उपाध्यक्ष सीता ढुंगाना सभा हलको अघिल्लो भागमा पुगे सवै जना उठेर सम्मान प्रकट गरे लगत्तै राष्ट्रिय गान शुरु भयोे ।
राष्ट्रिय गान सकिए लगत्तै उपाध्यक्ष ढुंगानाले सभाको अध्यक्ष गर्दै गाँउपालिका अध्यक्ष बस्नेतलाई आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिइन । अध्यक्ष बस्नेतले १९ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गरे । दलका प्रतिनिधिहरु खासखुस कुरा गर्न शुरु गरे । आतिथ्यता ग्रहण गरेर भाषण गर्ने पुरानो बानी हटिसकेको थिए । आम जनताको स्वच्छ खानेपानी सहजै पाउने अधिकारलाई सुनिश्चित गर्दै टोलवस्तीमा खानेपानी व्यवस्थित गर्ने, भुकम्प घरवार विहिन भएकाहरुको लाभग्राही सुचिमा नपरेकोहरुको नागरिकको समस्यालाई सम्वन्धीत निकायको ध्यानार्कषण गराउने र लाभग्राही सुचिमा परेकाहरुलाई यथाशक्य छिटो पूर्ननिमार्ण सम्पन्न गर्नेआवश्यक कदम चाल्ने रहेको छ । सडक सञ्चाल जोड्न वाँकी रहेका गाँउवस्तीमा सडक पु¥याउने र भईरहेका सडकहरुको स्तरोन्नती गर्ने, विद्युत पुग्न वाँकी गाँउवस्ताीमा विद्युत प्रसारण लाईन विस्तार गर्ने, विद्यालयलाई वालमैत्री तथा छात्रा मैत्री बनाई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययापन गराउन व्यवस्था मिलाउने र स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँतसम्म पु¥याउन वडा तहमा स्वास्थ्य चौकी वइवस्था मिलाउने कार्यक्रम अघि बढाउने नीति लिएको छ । यसैगरी कृषिलाई व्यवस्सायिकिकरण गर्न रासायनिक मल विषाधी प्रयोगलाई निरुसाहित गर्दै प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने, बजारलाई पूर्वाधार निमार्ण सहितको फोहो मैला व्यवस्थापन गर्ने, सरकारी, सामुदायिक र गैरसरकारी संस्थाहरुको साझेदारीमा पूर्ण खुला दिशामुक्त गाँउपालिका घोषण गर्ने र सार्वजानीक चौचालय निमार्ण गरिने छ । सञ्चार सुविधालाई माध्यामिक विद्यालय तहसम्म पहुँच विस्तार गर्ने, उद्योग तथा व्यावसयालाई यथाशिघ्र करको दायरामा ल्याउने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरे । गाँउ पालिका अध्यक्ष बस्नेतले प्रस्तुत नीति तथा कार्यक्रम पक्ष र विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले निर्णयार्थ नीति तथा कार्यक्रम स्वकिृत भएका जानकारी दिर्दै पहिलो सत्रको बैठक समापन भएको र दोस्रो सत्रको वैठक १५ मिनेटपछि प्रारम्भ हुने जानकारी गराइन ।
१५ मिनेट पछि अध्यक्ष बस्नेत र उपाध्यक्ष ढुंगाना सभा हलको अघिल्लो मागमा पुगे सवै जना उठेर सम्मान प्रकट गरे लगत्तै राष्ट्रिय गान शुरु भयोे । राष्ट्रिय गान सकिए लगत्तै अध्यक्ष बस्नेतले उपाध्यक्ष ढुंगानालाई आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमको बजेट प्रस्तुत गर्न अनुमति दिए । उपाध्यक्ष ढुंगानाले ११ पेज लामो नीति वजेट तथा तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गनि । उपाध्यक्ष ढुंगानाले गाँउपालिकाको विद्यमान अवस्थको समिक्षा प्रस्तुत गरिन । आधुनिक कृषि प्रणलीको विकास गरि कृषि उत्पादनमा वृद्धि गर्ने, खानेपान िउर्जा सढक सुचना तथा सञ्चार ग्रामीण तथा पुर्वाधार निमार्ण गर्ने र लैगिंक समानता विकास र समावेशिकरणलाई प्रर्वद्धन गर्ने लगायतका रणनीतिहरु प्रस्तुत गरिन । आर्थिक वर्ष २०७४/०७५ का लागि ३३ करोड ९ लाख ७५ हजारको बजेट स्वीकृतीका लागि सभामा प्रस्तुत गरिन । आय तर्फ आन्तरिक आय ३ करोड ७० लाख, नेपाल सरकारबाट शर्सत अनुदान ९ करोड ५ लाख ९५ हजार, वित्तिय समानिकरण अनुदान १८ करोड ८८ लाख ९२ हजार गत आवको मौज्दात १ करोड ४४ लाख र व्यय तर्फ चालु खर्च ४ करोड २५ लाख ९३ हजार, शर्सत अनुदान र पूँजीगत समेत ९ करोड ५ लाख ९५ हजार, पुजीँगत खर्च १९ करोड ७७ लाख ८७ हजार वजेट पेश गरिन । यसैगरी गाँउपालिकाको ८ वटै वडामा आर्थिक, सामाजिक र पूर्वाधार विकाका लागि ९० लाखकाका दरले र वडा कार्यालय भवन निमार्णका लागि ३ करोड ६० लाख विनियोजन गरिएको उपाध्यक्ष ढुंगानाले सभा समक्ष जानकारी गराईन ।
गाँउपालिका उपाध्यक्ष ढुंगानाले प्रस्तुत नीति बजेट तथा कार्यक्रम पक्ष र विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नउठेकाले निर्णयार्थ नीति बजेट तथा कार्यक्रम स्वकिृत भएको जानकारी दिंदै  दोस्रो सत्रको बैठक समापन भएको सभाध्यक्ष बस्नेतले जानकारी गराए ।
कार्यकारी अधिकृत देवीलाल सापकोटाले अतिथिहरुसंग कुराकानी गर्दै स्थानीय सरकार भएकाले व्यवस्थापिका संसदको जस्तै गरि गाउँ सभा अधिबेशन सम्पन्न  गरिएको बताए ।