जिल्ला समन्वय समिति धादिङमा एमाले प्यानलनै विजयी

1963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, २४ साउन : सोमवार सम्पन्न भएको निर्वाचनबाट जिल्ला समन्वय समिति धादिङमा एमालेका सवै उम्मेदवार विजयी भएका छन् । सोमवार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा बरामु नेपानी विजयी भएका हुन् । प्रमुख नेपालले १७ मत र उपप्रमुख नेपालीले १६ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यहरुमा क्रमश कृष्णप्रसाद अर्याल, खुनराज थापा, कमल नारायण श्रेष्ठ, उर्मिला रेग्मी रुपाखेती, सावित्रा सुनार, साननानी बागदास, उर्गेनवति तामाङ विजय भएका छन् । उनीहरु सवैले १६÷१६ मत प्राप्त गरेकाछन् ।

????????????????????????????????????

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनका प्रमुख पदका उम्मेदवार भक्त लामाले ८ मत र उपप्रमुख ध्रुव सुवेदी सहित सदस्यहरुले ९/९ मत प्राप्त गरेकाछन् । १३ गाँउ पालिकाका २६ मतदाता मध्ये एमालेको १५ जना, नेपाली कांग्रेसको ५ जना आवोवादी केन्द्रको ४ जना र राप्रपाको २ जना उपप्रमुख रहेकाछन् । राप्रपाबाट रुवीभ्यालीमा अध्यक्ष जिेतेका चेरोङ तामाङले एमालेका उम्मेदवारलाई भोट हाले भने उपाध्यक्ष विना तामाङ अनुपस्थित रहिन । नेपाली कांगे्रस र माओवादी गठवन्धनका एक जनाले एमालेका उम्मेदवार नेपाल सहित गठवन्धनका उम्मेदवारलाई मत हालेका थिए ।

????????????????????????????????????

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख सहित सदस्यमा विजयीहरुलाई सोमवारै निर्वाचित प्रमाण पत्र प्रदान तथा सपथ ग्रहण गराएएको छ । जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत भरत लम्सालले प्रमुख नेपाल र उपप्रमुख नेपालीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन । प्रमुख नेपालले आफुले सपथ लिए संगै सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हन् । सवै पदाधिकारीहरुले देश र जनताको नाममा सपथ लिएका हुन । यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नेपाल, उपप्रमुख नेपाली र सदस्यहरुले सोमवारै पदभार ग्रहण गरेका थिए ।