चीनमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

170808132822-01-china-quake-0808-exlarge-169-768x431चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा गएको भूकम्पमा परी मर्नेको संख्या १३ पुगेको छ ।

मंगलबार साँझ गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या १३ पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।भूकम्पमा परी अन्य एक सय ७५ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा रहेका ३१ हजार पाँच सय पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीय प्रशासनहरुले मुन उपत्यकाका चाङ्चा सहर, सेराटन रिसोर्टलगायतमा आकस्मिक सेल्टर खडा गरेका छन् । हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय उद्धार टोली परिचालन गरेको छ । एजेन्सी