धादिङका दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री नियुक्त

4287 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

dilman-300x265धादिङ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङका दिलमान पाख्रिन सहित १५ जनालाई  राज्यमन्त्रीमा नियुक्त गरेका छन् । १५ राज्यमन्त्रीलाई नव नियुक्त राज्यमन्त्रीलाई मंगलबारनै  पद तथा गोपनीयताको शपथ गराईएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई प्रधानमन्त्री  देउवाले शपथ गराएका हुन् ।

पाख्रिन मन्त्री बने संगै नेपाली काँग्रेस धादिङले पहिलो पटक मन्त्री पाएको छ । उत्तरी धादिङको सत्यदेवी गाविस वडा नम्बर ९ सालघारी  हालको खनियावास गाउँपालिकाका स्थायी वासिन्दा पाख्रिन २०२७ साल देखि नेपाली काँग्रेस निकटका विभिन्न संगठनमा आवद्ध रहँदै आएका छन ।  बृटिश सेनाबाट अवकाश प्राप्त गरेपछि २०५० साल देखि नेपाली काँग्रेसको सक्रिय राजनितिमा रहेका पाख्रिनलाई २०७० सालमा नेपाली काँग्रेसले समानुपातिक तर्फबाट  व्यवस्थापिका संसद सदस्य वनाएको हो ।

 मन्त्री पाख्रिन नेपाली काँग्रेस धादिङका नेता एवम पुर्व सभापति स्वर्गिय दामन पाख्रिनका छोरा हुन । दामन पाख्रिन २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएका थिए ।

नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाईं (कृषि विकास) शेषनाथ अधिकारी (शिक्षा), नरबहादुर चन्द (वाणिज्य), अब्दुल रज्जाकदी (खानेपानी तथा सरसफाइ), तप्तबहादुर विष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन (सिँचाइ), दिलमान पाख्रिन (कानून, न्याय तथा संसदीय मामिला), उदयशम्शेर राणा (अर्थ), डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार), तेजुलाल चौधरी (युवा तथा खेलकुद), चम्पादेवी खड्का (सहकारी तथा गरिबी निवारण), जनकराज चौधरी (संघीय मामिला तथा स्थानीय विकास), सुमित्रा थरूनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) छन् ।