logo

विद्यालयमा अनौठो रोग दैनिक विद्यार्थी बेहोस

1285 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 24012016103252Hysteria-1000x0

धादिङ-विद्यार्थीहरू विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुइँमा ढलिहाल्छन् । भुइँमा ढलेपछि चिच्याउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काँप्नेजस्ता फरक फरक लक्षण देखाउँछन् । भुइँमा ढलेर बर्बराउँदै बचाऊबचाऊसमेत भन्छन् । यो धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित आरुबासमा रहेको कालीदेवी माविका विद्यार्थीमा देखिएको अनौठो रोग हो । यस्तो समस्या पहिलोपटक देखिएको होइन । अघिल्लो वर्ष पनि दुई जना विद्यार्थीमा यस्तै लक्षण देखिएको थियो तर त्यो मासमा फैलन पाएन । यसपटक अहिलेसम्म ३५ जनामा यस्तो लक्षण देखिसकेको राजधानी दैनिकमा खबर छ ।

दैनिक करिब १५÷१६ जना विद्यार्थी कक्षा कोठामा पढ्दै गर्दा  बेहोस हुने गरेको छ । कहिले लाइन लागेकै समयमा ढल्ने त कहिले बेन्चमा बसिरहेका बेला ढल्ने गरेको विद्यालयका  प्रधानाध्यापक झकबहादुर मगरले जानकारी दिए । उनले भने, ‘विद्यार्थी बेहोस भएर ढल्ने कारण पहिल्याउन अहिलेसम्म सकिएको छैन, ‘स्कुलबाट निस्केर गेटबाहिर जाँदा विद्यार्थीलाई निको भइहाल्छ,’ स्कुलभित्र हुँदा बेहोस भइहाल्छन् । कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका छन् । यसले पढाइसमेत प्रभावित भएको शिक्षकहरूको भनाइ छ ।

जेठको पहिलो सातादेखि विद्यार्थीमा यस्तो लक्षण देखेपछि विद्यार्थीलाई जँचाउन स्वास्थ्य संस्था पनि लगिएको थियो । धामीझाँक्री पनि लगाए तर बिसेक भएन । अन्तिमतिर विद्यालय नै बन्द गरियोे ।

साउनको अन्तिम सातातिर विद्यालय सञ्चालनपछि पनि पुनः उही समस्या देखा पर्न थाल्यो । दुई जना, तीन जना हुँदै अहिले ३५ जना छात्रामा यस्तो लक्षण देखा परेको छ । विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि विद्यार्थी विद्यालय नै आउन छाडेका छन् । पढाइ पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन । खासगरी कक्षा ३ देखि ९ सम्मका छात्रामा यस्तो लक्षण देखिएको छ । विद्यार्थी बेहोस भएपछि उनीहरूका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकले जानकारी दिएका छन् ।

                यस्तो लक्षण पटकपटक देखिएपछि उपचारका लागि पहल गरिएको थियो तर कुनै परिवर्तन नभएपछि मनोपरामर्श पनि दिइएको छ । यो तनावका कारण हुने भएकाले औषधि उपचारबाट समस्या समाधान नहुने मनोपरामर्शदाताको भनाइ छ । विद्यालयमा अनौठो प्रकारको लक्षण देखा परेपछि आईसीडीसी धादिङले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई मनोपरामर्श पनि दिएका थिए ।

मनोपरामर्शदाता राजन ढुवाडी भन्छन्, ‘मास हिस्टेरियाको रूपमा देखिएकाले यस्ता समस्याको समाधान औषधि उपचार नभई शान्त वातावरण तथा सरसफाइमा ध्यान दिनु हो ।’ पारिवारिक समस्या, उमेरअनुसार शारीरिक वृद्धि विकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गरेको दुवाडीले बताए ।

भूकम्पपछि विद्यालयको भवन चर्काएको थियो । त्यही भवनमा विद्यालय सञ्चालन हुँदै आइरहेको छ । विद्यालयको भौतिक संरचना अहिले निकै जीर्ण छ । विद्यालयको छेउमै मन्दिरसमेत छ । मन्दिरसँगै शौचालय पनि छ । मन्दिरको सरसफाइ नगरेको र देउता पूजासमेत नगर्ने भएकाले देउता लागेको हो कि भनेर आशंका गरेका छन् ।

विद्यार्थीमा अनौठो प्रकारको लक्षण देखा परेपछि अभिभावक पनि निकै दुःखी बनेका छन् । अभिभावकले देउताकै कारण बिरामी भएको हुन सक्ने आशंका गरेको छ । उनीहरूले असोजको पहिलो सातातिर पूजा लगाउने तयारी गरिरहेका छन् । अघिल्लो वर्ष यसै गाउँपालिकाको पीपलटारमा रहेको महाकाली माविका विद्यार्थीमा यस्तो लक्षण देखिएको थियो ।

-प्रस्तुत तस्बिर समाचार संग सम्वन्धित प्रतिनिधि तस्बिर मात्र हो ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic