logo

धादिङ र नुवाकोटमा अवैध ढंगले ढुंगा बालुवा उत्खनन

3020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नदीमा-स्काभेटरधादिङ । नदी तथा खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे ऐन कानुनको खिल्ली उडाउँदै धादिङका नदीहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ ।
जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी सञ्चालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको  छ । सरकारले वर्षाको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन ।

 अवैध रुपमा हुने गरेको उत्खनन रोक्न स्थानीय प्रशासनले नियमित अनुगमन र छड्के जाँच गर्दै आए पनि अवैध ढंगबाट उत्खनन हुने गरेको जनगुनासो छ ।
धादिङको मलेखु, गलौँदी, घाटबँेसी, बेल्खु, चिरौँदी, जिन्सेटार, महादेवबेँसी, आग्राखोला लगायतका स्थानबाट अवैधरुपमा स्काभेटर प्रयोग गरेर ठूला ट्रिपरबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन हुँदै आएको स्थानीय बताउँछन् । नदीको मूल प्रवाहमै स्काभेटर प्रयोग गरी ठूल्ठूला ट्रिपरबाट ग्राभेल, बालुवा तथा गिट्टी झिकिरहे पनि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अगाडि नबढाएको त्रिशूली बचाउ अभियानकर्मीहरु बताउँछन् ।

1-24071-1-Trishuli-baluwa_harihar--2--26072017085353-1000x0धादिङमा मात्रै होइन छिमेकी जिल्ला नुवाकोटमा पनि अबैध ढंगबाट नदी उत्खनन भईरहेको स्थानीयको भनाई छ । सरकारले निषेध गरेको समयमा पनि नदीजन्य वस्तुको उत्खनन रोकिएको छैन । असारदेखि भदौसम्म नदीबाट ढुंगा, गिट्टी बालुवा झिक्न रोकिएको छ ।

त्रिशूलीको बुनिबेसी, काशीटार, रातोमाटे, कोल्पुटार, तादीखोलाको कोसगाढे, सालबिसाउना र ढिकुरेमा उत्खनन भइरहेको स्थानीय बताउँछन् । त्यसैगरी शेरादरबार, सिन्दुरेखोला दोभान, गंगटे, बेलकोट धन्सार, तादी पुल छेउ, पिपलटार, लिखुको छहरे, सामरी र सलाखुलगायतका स्थानमा स्क्याभेटर लगाएरै ढुंगा, गिट्टी र बालुवा झिक्ने गरिएको छ । सरोकारवाला निकायले उत्खनन रोकिएको भन्ने गरे पनि क्रसर व्यवसायीहरूले राति निकाल्ने गरेको रातोमाटेका एक स्थानीयले बताए ।

अवैध उत्खनन रोक्न जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी र जिल्ला समन्वय समितिले एकअर्कालाई दोष दिएर आफ्नो दायित्वबाट पन्छिने गरेका छन् । जिससका स्थानीय विकास अधिकारी केसरबहादुर पण्डितले आफूले रोक्न सबै हथकण्डा अपनाए पनि प्रहरीबिना केही गर्न सक्ने स्थिति नभएको बताए ।

तस्बिर : इकान्तिपुर डटकमबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic