एघार करोड लगानीको अल्पाइन मासु उद्योग बन्द

1195 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2074-05-14 masu udhyogधादिङ, – काठमाण्डौका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकामा खुलेआम खसी बध र उपभाक्तामा मासु खाने बानीमा सुधार नहुँदा उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरि बोसो र छाला रहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएका थियौ अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि.का सञ्चालक माधव अर्यालले बताए ।
सरकारले पशु बधशाला र मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निदेर्शिका २०६४ लाई पूर्णरुपमा कार्यान्वयन नगरेको, बिद्युत भार कटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमता अनुसारको खसी किसानको खोरमा र स्थानीय वजारमा समेत नपाएकाले, खसी तथा मासुको मूल्य सरकारले नतोकोको कारण उद्योग सञ्चालनमा कठिनाई आएपछि बन्द गरेको सञ्चालक अर्यालले बताए । काठमाण्डौ उपत्यकामा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सय बटासम्म खसीबोको मासु खपत हुने तथ्यांकलाई आधार बनाएर २०७० साल साउन महिनाबाट सञ्चालनमा ल्याएको थियौ । सुरक्षित तरिकाले खसी बध नहुने भएकाले उपभोक्तालाई सुरक्षित मासु खाुवाउन अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि.को नामबाट नेपालमै पहिलो पटक आधुनिक बधशालामा फ्रोजन मासु काट्न शुरु गरेको कम्पनी सञ्चालक अर्यालको दावी छ । धादिङको खयरघारीमा सञ्चालनमा ल्याएको अल्पाइन बधशाला १७ रोपानी जग्गामा ११ करोड लगानी गरेको कम्पनीले जनाएको छ ।
उद्योगलाई जीउंदामा ३० किलोग्राम माथीको स्वस्थ खसीकबोका प्रति ८ घण्टा ३ सयवटा आवश्यक हुन्छ । बधशालामा अधिकांश काम मेसिनले गर्ने गरी संरचना तयार गरिेकाछौ । मासु ढुवानी गर्न रेफ्रिजेनेटर जडित १ वटा भ्यान समेत खरिद गरेको थियौ । बिद्युत र खसी अभावमा केही समय हप्तामा २ दिन ८÷८ घण्टा मात्र सञ्चालन ग¥यौ । पछिल्लो समय स्टाफ पाल्न समेत कठिन भएपछि उद्योग पूर्ण रुपमा बन्द गरिएको सञ्चालक अर्याल बताए ।
सरकार उपत्यकामा भईरहेको खुलेआम बधशाला रोके, विद्युतभार कटौती रोक्ने वा वैकल्पिक व्यवस्था मिलाई दिए, भौतिक पूर्वाधार मर्मतसुधार सहयोग गरे, खसीबोका तथा मासुको मूल्य निर्धारण गरे उपत्यकामा मासु विक्री कक्ष खोल्ने व्यवस्था मिलाई दिए उद्योग सञ्चालन गर्न सकिने सञ्चालक अर्यालले बताए । उद्योग सञ्चालन हुँदा स्थानीय किसान र उपत्यकाका उपभोक्तालाई प्रत्यक्ष लाभ हुने अर्यालको दावी छ । उद्योगलाई पूर्णरुपमा र नियमित सञ्चालनमा ल्याउँदा खसीबोका स्वास्थ्य परिक्षण, रेखदख, ढुवानी, मासु उत्पादन गर्ने मेसिनमा चलाउन, मासु ढुवानी र विक्री केन्द्रमा समेत काम गर्न करिव ५० जनालाई रोजगारी पाउने छन् । मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निदेर्शिका २०६४ अनुसारको मापडण्ढ पुरा गरी धादिङ जिल्लाको थाक्रे गाँउपालिका वडा नं. खेस्टे खोलामा १७ रोपनी जग्गामा ११ करोडको लगानी गरेर रहेको बधशालामा साँढे पाँच करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन ।

फाइल तस्वीर
अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि. बन्द हुनु अघि उद्योगमा खसीको मासु काट्र्दै यहाँका प्राविधिकहरु ।