चिम्नी चुल्होको बजार स्थापनाका लागि योजना

1079 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1504852942धादिङबेसी, – नेपालको १५०० मीटरभन्दा माथिल्ला भूभागमा प्रयोग गरिने चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि योजना निर्माण गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, म्याग्दी, पर्वत र बागलुङ जिल्लामा चिम्नीहुड चुल्होको बजार स्थापनाका लागि योजना निर्माण गरिएको छ ।

उक्त चुल्होको दीर्घकालीन बजारीकरणका लागि जिआईजेड/इन्डेभको सहयोगमा प्राक्टिकल एक्सन नेपालले ”नेपालमा चिम्नीहुड चुल्होको दीगो बजार स्थापनाका लागि परिणाममुखी लगानी सहयोग परियोजना सञ्चालन गरिरहेको छ । वार्षिक समीक्षा गोष्ठीमा आगामी वर्षहरूका लागि दीर्घकालीन बजारीकरण योजना निर्माण गरिएको प्राक्टिकल एक्सन नेपालका परियोजना व्यवस्थापक मिनबिक्रम मल्लले बताउनु भयो ।

धादिङबेसीमा आयोजना गरिएको उक्त समीक्षा बैठकमा सातै जिल्लाका जिल्ला परियोजना साझेदार संस्थाका प्रतिनिधिहरू, जिल्ला सहकारी संघका प्रतिनिधिहरू, चुल्हो निर्माता कम्पनीका प्रतिनिधिहरू, राष्ट्रियस्तरका चुल्हो सप्लायर्सहरू उपस्थित थिए ।

सो परियोजना रसुवा र नुवाकोटमा इस्याफ नेपाल, धादिङमा फोकस नेपाल, गोरखामा गोरेटो, मकवानपुरमा एमआरसी नेपाल र बागलुङ, पर्बत र म्याग्दीमा डिसिआरडिसीले सञ्चालन गरिरहेका छन् ।

सन् २०१५ बाट सञ्चलालित उक्त परिजनाले १३ हजार घरधुरीमा स्वच्छ तथा उन्नत चुल्होहरू बिक्री वितरण गरिसकेको छ ।