पत्रकार सिलवाल र थापालाई हेम-सुनिल जोखिमपूर्ण पुरस्कार 

1246 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

shiva-silwlaधादिङ-डेढ दशक देखि धादिङ जिल्लामा  कार्यरत पत्रकार शिव सिलवाल  हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरि सिलवाल र पत्रकार भरतबन्धु थापालाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५१ हजार नगद रहेको छ ।शनिवार काठमाण्डौंमा आयोजित एक समारोहका बिच उक्त पुरस्कार वितरण गरिएको हो ।

सिलवाल नेपाल टेलिभिजनको धादिङ संवाददाता हुुन् । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका साधारण सदस्य समेत छन् ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनका पत्रकारहरु हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्झनामा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कारको स्थापना गरेको हो।