logo

७१ करोडको रेमिट्यान्स कारोबार

1211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गएको तीन महिनामा ७१ करोडको रेमिट्यान्स कारोबार भएको धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीका अनुसार आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि हालसम्म ७१ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार गरेको जानकारी दिए । खासगरी चाड पर्वको समयमा बढी मात्रामा रेमिट्यान्सको कारोबार वृद्धि हुने गर्दछ ।

इन्टरनेसनल रेमिट्यान्स ६२  करोड ४० लाख त्यस्तै गरी आन्तरिक रेमिट्यान्स ९ करोड  भुक्तानी भएको छ । दैनिक २० देखि ४० लाखको हाराहारीमा १ सयदेखि १ सय ५० जनाले आन्तरिक रेमिट्यान्स पठाउने गरेको छ ।

सामान्य समयमा दैनिक ५० देखि ६० लाखको हाराहारीमा रेमिट्यान्स भिœयाउँदै आएकोमा दसैंअगाडि दैनिक डेढ करोड भुक्तानी भएको गिरीले बताए ।

जिल्लाका सबैजसो कम्पनीबाट बाह्य र आन्तरिक कारोबार बढेको हो । अघिल्लो वर्ष २०७३÷७४ मा बाह्य रेमिट्यान्स १ अर्ब ६६ करोड ५८ हजार ३ सय ११ र आन्तरिकतर्फ ५१ करोड १० लाख ९५ हजार ३ सय ७० गरी जम्मा २ अर्ब १७ करोड ११ लाख ५३ हजार ६ सय ८१ भित्रिएको छ ।

त्यस्तै २०७२÷७३ मा बाह्य रेमिट्यान्सतर्फ १ अर्ब ५२ करोड ३४ लाख ५१ हजार ५ सय २५ रुपैयाँ र आन्तरिकतर्फ ४८ करोड ११ लाख ७७ हजार ४ सय ५३ रुपैयाँ गरी जम्मा २ अर्ब ४६ लाख २८ हजार ९ सय ७८ रुपैयाँ रेमिट्यान्सको कारोबार भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा २ अर्व १ करोड ११ लाख ५४ हजार ७ सय ८७ रुपैयाँ बराबर रेमिट्यान्सको कारोबार भएको थियो । जसअन्तर्गत १ अर्ब ५६ करोड ५७ हजार ३ सय १६ रुपैयाँ र आन्तरिकतर्फ ४५ करोड १० लाख ९७ हजार ४ सय ७१ रहेको छ ।

विदेशमा रहेका नेपालीले खासगरी आईएमईबाट रकम पठाउने गर्छन् । मलेसिया, साउदी, कतार, बहराइन, दुबई, अमेरिका, जापान, लन्डन, कुबेत, इराक, अफगानिस्तानलगायत देशबाट रेमिट्यान्स आउने गरेको छ । यी देशहरूमध्ये सबैभन्दा बढी मलेसिया, साउदी, कतार, बहराइन, दुबईजस्ता खाडी मुलुकबाट ८५ प्रतिशत रेमिट्यान्स भित्रिने गिरीले बताए ।

विदेशबाट रकम पठाउँदा विशेषगरी आईएमई, प्रभु, वेस्टर्न युनियन, सिद्धार्थ, सिटी एक्सप्रेस, पृथ्वी एक्सप्रेस, सेवा मनि ट्रान्सफर र सूर्येदय रेमिट प्रयोगमा आइरहेका छन् राजधानी दैनिकमा खबर छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic