मन्द गतिमा बैरेनी–गल्छी सहरको विकास 

1812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी: पृथ्वीराजमार्गमा पर्ने प्रस्तावित बैरेनी–गल्छी नयाँ सहर नुवाकोट र रसुवा जाने मुख्य मार्ग हो ।  २०६७ सालमा यहाँ नयाँ सहर बनाउन सुरु भए पनि अपेक्षित काम हुन सकेको छैन । नयाँ सहरी विकास आयोजनाले २०९० सम्ममा एक लाख मानिस अटाउने भौतिक पूर्वाधार बनाउने लक्ष्य लिएको छ । यसको खर्च ३ अर्ब रुपैयाँ हुने अनुमान छ ।
हालसम्म पूर्वाधार विकासअन्तर्गत १४ किमि सडक निर्माण तथा स्तरोन्नति भइसकेको छ । गल्छीदेखि बैरेनीसम्म पाँच समय मिटर फुटपाथ निर्माण भएको छ । भर्खरमात्र एक करोड ६० लाख लागतमा १६० वटा सोलार सडक बत्ती जडान सकिएको छ । गल्छी बजारमा १५० परिवारलाई खानेपानी आयोजना सम्पन्न गरेको आयोजना प्रमुख तथा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख दिलीपकुमार भण्डारीले बताए ।
यसैगरी डल्टारमा तरकारी तथा फलफूल संकलन केन्द्र निर्माण, अम्लेश्वर मन्दिर स्तरोन्नति, अम्लेश्वर मन्दिर परिसरमा एकीकृत सहरी सेवा केन्द्र र बाल उद्यान निर्माण सम्पन्न भएको प्रमुख भण्डारीले बताए । सहरी विकास तथा भवन निर्माण केन्द्रीय समन्वय कार्यालयले एकीकृत विकास योजना बनाइरहेको छ । मासटार जग्गा विकास कार्यक्रमको अवधारणा योजना स्वीकृत भइसकेको र डिजाइनको काम भइरहेको प्रमुख भण्डारीले बताए ।
तर, सहर बसाउने काम सुस्त  भएको स्थानीयबासी आरोपित गर्छन् । नयाँ शहरी विकास आयोजनाले काम गर्न नसकेको प्रस्तावित उनीहरुले आरोप लगाए । गल्छी गाँउपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिनाले आयोजनाले गाउँपालिकासँग समन्वय नगर्दा योजना सञ्चालन गर्न समेत अफ्ठयारो परेको बताउँछिन् । उनी भन्छिन्, सहरी आयोजनाका योजना तर्जुमा तथा कार्यक्रम कार्यान्वयनमा गाँउपालिकाको भूमिका खोजिरहेकाछौं ।
जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल पछिल्लो समय भारत र चीन जोड्ने छोटो बाटोको रुपमा ठोरी–रसुवागढी अन्तर्राष्ट्रिय सडक निर्माण गर्न पहल भइरहेको जानकारी दिए । गाँउपालिका र नगर विकास समितिले सिफारिस गरेको कामहरू पनि आयोजनाबाट हुन्छ । तर आयोजना स्वतन्त्र हन्छ, नगर विकास समिति मातहत होइन प्रमुख भण्डारीले बताए ।
गल्छी गाँउपालिका–४ मासटारमा करिब आठ सय रोपनी जग्गा एकीकृत गरी नक्शांकन गर्ने, सडक, विद्युत् पोलिङ गर्ने र जसको जग्गा उसैलाई फिर्ता गरिने छ । त्यसो गर्दा नमुना बस्ती विकास हुनेछ । सहरभित्र खेल मैदान, फोहोर व्यवस्थापन केन्द्र, सडक निर्माण र खानेपानी आपूर्ति व्यवस्थालाई सहरी मापदण्डअनुसार बनाइने र यी सबै काम गर्दा करिब ३ अर्ब खर्च हुने हनुमान गरिएको प्रमुख भण्डारीले बताए ।
आयोजनाको काम झारा टार्ने किसिमको भएको वैरेनी गल्छी नगर विकास समितिका अध्यक्ष रामकुमार कार्कीले आरोप लगाए । माटोमा सिमेन्ट मुस्ने, सिमेन्टको काम गरेपछि पानी नहाल्ने र काम पनि समय सीमाभित्र सम्पन्न नगरेको अध्यक्ष कार्कीले बताए । यही गति र प्रक्रियामा काम भइरहे नयाँ सहर विकास आयोजना अलपत्र पर्न सक्छ, उनले भने कारोवार डेली डट कममा खबर छ ।