यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

2178 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

22552747_124867831605341_7221698071380726752_nधादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका पाण्डे सो चुनावमा पराजित भएपनि २०४५ सालमा जिल्ला पञ्चायतको सभापतिमा जनपक्षिय उम्मेदवारबाट विजयी भएका थिए । सभापति हुंदा बिचैमा पञ्चायत प्रशासनले पाण्डेलाई जेलमा राखेको थियो । बहुदल आएपछि २०४८,२०५१,२०५६सालको आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट सांसदमा विजयी भएका पाण्डे २०६४ सालको चुनावमा भने पराजित भएपनि २०७० मा पुन विजयी भएका थिए ।  यसअघि ३ वटा निर्वाचन क्षेत्र भएको धादिङ यसपालादेखि २ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामा सिमित गरिएकोछ ।

22528563_1864906310233151_7230270292235906119_n 22549577_1864906420233140_1631640258289941064_nदुई वटा प्रतिनिधि सभा रहेको धादिङ जिल्लाको दुवै क्षेत्र नेकपा एमालेको भागमा परेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट जिल्ला कमिटी अध्यक्ष भूमि त्रिपाठी, प्रदेश निर्वाचन क्षेत्र नं १ (क) मा नेकपा एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे र प्रदेश सभा निर्वाचन क्षेत्र नं १(ख)मा माओवादी केन्द्रका तर्फबाट शालिकराम जमरकट्टेल उम्मेदवार छन् ।माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम धादिङ जिल्ला अध्यक्ष समेत रहेका जमकट्टेल २०६४ सालको निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका राजेन्द्र  पाण्डेलाई पराजित गर्दै निर्वाचित भएका थिए भने २०७० सालमा पाण्डे संगै पराजित हुन पुगेका थिए ।

uml-and-maoobadi-1024x565त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट पूर्व जिविस सभापति खेमप्रसाद लोहनी, प्रदेश सभा निर्वाचन क्षेत्र नं २(क) मा नेकपा एमालेका तर्फबाट डा.रामकुमार अधिकारी र प्रदेश सभा निर्वाचन क्षेत्र नं२ (ख) मा माओवादी केन्दका तर्फबाट जगत सिंम्खडा उम्मेदवार छन् ।पाण्डे र जमकट्टेल बाहेक अरु उम्मेदवारहरु पहिलो पटक संसदीय निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका हुन । यि मध्ये खेम लोहनी २०५४ सालमा नेकपा एमालेको तर्फबाट  जिल्ला विकास समितिको सभापतिमा विजयी भएका थिए ।