धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

3326 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,६ कात्तिक – मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् ।

जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी, नेपाली कांग्रेसका विश्वप्रसाद अर्याल, नयाँ शक्ति पार्टी नेपालका राजु नेपाल, विवेकशिल साझा पार्टीबाट दिपेश थापा, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अजयकुमार रिमाल, जनसमाजवादी पार्टी नेपालका राजन मगरले दलबाट र विश्वनाथ ढकाल र दिपक खतिवडाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।
यसैगरी धादिङ क्षेत्र नम्वर १ अन्तर्गतको प्रदेश सभा (क) का लागि नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसबाट मधुकुमार श्रेष्ठ, नयाँशक्ति पार्टी नेपालबाट नकुल थापा, विवेकशिल साझा पार्टीबाट जितेन्द्र श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट राजेन्द्र तामाङले उम्मेदवारी दर्ता भएको छ भने कृष्णलाल श्रेष्ठ, केशव अधिकारी र सुरतकुमार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । यसैगरी क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश सभा (ख) का लागि नेकपा माओवादी केन्द्रका शालिकराम जमरकटेल, नेपाली कांग्रेसका प्रभातकिरण सुवेदी, नयाँ शक्ति पार्टी नेपालका सन्तोष बराकोटीले उम्मेदवारी दर्ता गराएका छन भने गणेशलाल श्रेष्ठ, जिवनाथ सेढाई र सरोजप्रसाद अधिकारीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
धादिङ क्षेत्र नम्वर २ को प्रतिनिधि सभाका लागि ८ वटा राजनीतिक दल र ४ जना स्वतन्त्र गरी जम्मा १२ जनाको उम्मेदवारी परेको छ । जस अनुसार नेकपा एमालेका खेमप्रसाद लोहनी, नेपाली कांग्रेसका दिलमान पाख्रिन, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र केसी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिका देवी लिम्बु, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का टिका राम सुनार, नेपाली जनता दलका राममाया परियार, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोषकुमार तामाङ र राष्ट्रिय जनता पार्टी नेपालका सिताराम दुवाडीले उम्मेदवारी दर्ता गराएका छन । भने सोही पदमा रुद्रबहादुर गेलाङ मगर, धनबहादुर तामाङ, भरत ढुंगाना र रामबहादुर सिलवालको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी क्षेत्र नम्वर २ को प्रदेश सभा (क) का लागि नेकपा एमालेका डा.रामकुमार अधिकारी, नेपाली कांग्रेसका रमेशप्रसाद धमला, नयाँ शक्ति पार्टी नेपालका नन्द्रप्रसाद काप्रि, मंगोल नेशनल अर्गनाईजेशनका पञ्चबहादुर तामाङ र राष्ट्रिय जनता पार्टी नेपालका सन्तोष दुवाडीले उम्मेदवारी दर्ता गराएका छन् भने सोही पदमा सूर्यबहादुर तामाङ, शिवराम भण्डारी, बसन्त आचार्य, रेशम थापा, राकेश धमला, धर्मबहादुर राना, देवीप्रसाद कोइराला, ताराप्रसाद लामिछाने, टोपबहादुर लोप्पा, खुम प्रसाद सिंखडा, कृष्णप्रसाद लम्साल र ईश्वरी अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का लागि नेकपा माओवादी केन्द्रका जगत सिंखडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद सापकोटा, मंगोल नेशनल अर्गनाईजेशनका सालिकराम थापा मगरले उम्मेदवारी दिएका छन  भने सुन्दर तामाङ, बुद्धिबहादुर तामाङ, दिपक पाण्डे र गणेश बसौलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।