धादिङ बस दुर्घटनामा मृतकको संख्या ३१पुग्यो-२९ जनाको सनाखत (अपडेट)

2561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

agni

tirshuli accidentधादिङ-११ कार्तिक धादिङको गजुरी गाउँपालिका स्थित पृथ्वीराजमार्गको बाँगेमोडबाट त्रिशूली नदीमा  बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएका छन ।  मृतक मध्ये २९ जनाको सनाखत भएको छ।

सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।

त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय अन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव, भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर, बोधेबसाईन ३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमानी, सप्तरी महादेवा ९ बस्ने २७ वर्षिय प्रमोद ईसार, सप्तरी कृषसरोवन ४ का २९ वर्षिय सुधिर कुमार यादव, भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर, सिराह नराह गा.पा. १ बस्ने ३० वर्षिय उदय मण्डल, सप्तरी बोधेबरसाई २ का २५ वर्षिय आशिकी कुमारी यादव, सप्तरी कृषसरोवन ४ का ५ वर्षिय समीक्षा यादव, सिराह लहान न.पा.६ बस्ने ३७ वर्षिय प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षिय ऋषि आनन्द देव, सप्तरी राजविराज १४ का २० वर्षिय आदित्य झा, सप्तरी बोधेबरसाइन २ बस्ने १३ वर्षिय समीक्षा कुमारी यादव, सप्तरी सम्भुनाथ न.पा. बस्ने ५ वर्षिय सुदीप चौधरी, सप्तरी बोधेबरसाइन ३ बस्ने ९वर्षिय चित्ररेखा बरमाणी, सप्तरी बोधेबरसाईन ३ बस्ने १ वर्षिय मानवी यादव, सप्तरी बोधेबरसाइन २ का ३५ वर्षिय सुरेन्द्र चौधरी, सप्तरी बोधेबरसाइन २ बस्ने ११ वर्षिय चित्ररेखा प्रमाणी र सप्तरी राजविराज २ बस्ने ६ वर्षिय पशुपति चौधरी रहेको धादिङ प्रहरी प्रमुख राउतले जानकारी दिनुभएको छ । सनाखतभएका मध्ये ११ पुरुष, ८ महिला, ५ बालक, ५ बालिका रहेका छन् ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ५  पृथ्वीराजमार्गको  बांगेमोडबाट त्रिशुली नदीमा खसेको थियो।