घाटबेसी दुर्घटनामा हराइरहेकामध्ये एकको शव फेला

898 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

death-body-dhaging-accidentधादिङ । गत शनिबार गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटनामा हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ ।

घाटबेसीस्थित त्रिशूली नदीमा सप्तरीका अभिनन्दन चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।  दुर्घटनामा ३२ जनाको शव फेला परेको थियो भने १६ जना घाइते भएका थिए । दुर्घटनामा तीन जना हराइरहेका थिए ।

सप्तरी, राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नंको यात्रु बस गत शनिबार नदीमा खसेर दुर्घटना भएको थियो । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । यसअघि ३२ जनाको शव फेला परिसकेको छ ।