धादिङमा छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परेर १३ जना घाईते

789 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (3)धादिङ- आईतबार साँझ धादिङमा छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा परेर १३ जना घाईते भएका छन ।

नीलकण्ठ नगरपालिका–१४ को रातमाटेको भदौरेमा आइतबार साँझ गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

सामान लिएर बिक्रीका लागि गाउँ पुगेको बा १० च ९४०७ नं को बोलेरो जिप फर्काउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।घाईतेको उपचार जिल्ला अस्पताल धादिङबेसीमा भईरहेको छ ।

 यसै गरी विराटनगरबाट काठमाडौँका लागि छुटेको  यात्रुबस पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका–१ खयरघारीमा सडकबाट महेश खोलामा खसेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

ना ६ ख ७६८७ नं को बस कान्तिपुर होटलबाट पछाडि हटाउने क्रममा सडकबाट खोलामा खसेर दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको छ