श्यामैडाँडाका चेपाङ समुदायका लागि खानेपानी योजना शिलान्यास

1000 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

राजेन्द्र बस्नेत
श्यामैडाँडा (धादिङ) : सामुदायिक सेवामा सर्मपित रहेर खानेपानी अभावमा रहेका चेपाङ समुदायका लागि खानेपानी आयोजना शुभारम्भ गर्नु भएकोमा समुदाय र आयोजना व्यवस्थापनलाई आयोजना छिटो निमार्ण गरी दिगोरुपमा सञ्चालन गर्न सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्दैनाथ रेड्डी शुभकामना दिएकाछन् । गजुरी गाँउपालिका वडा नं. ६ श्यामैडाँडामा सत्य साई सेवा संगठन नेपालले निमार्ण गर्न लागेको सत्य साई सामुदायिक खानेपानी आयोजना र सत्य साई साधना भवनको शिलान्यास अध्यक्ष रेड्डी र श्रीमति हाइमा रेड्डीले संयुक्त रुपमा शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा वेद पाठ र सत्य साई साधना गरिएको थियो ।

????????????????????????????????????

चेपाङ समुदायमा निशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिउको थियो । स्वास्थ्य शिवरमा वाल रोग, स्त्री रोग, दन्त, आँखा, साधरण चेकजाँच विषेशज्ञ डाक्टरहरुबाट परार्मश सवा उपलव्ध थियो । गाँउघमै शिविर सञ्चालन भएकाले वालवालिका, विद्यार्थी, वृद्धवृद्धा, वयस्क महिला तथा पुरुषहरु ७ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराई नाराण्यण सेवा ग्रहण गरेको वडा सदस्य संगिता चेपाङले बताईन ।
खानेपानीको अभाव भएको समाचार पढेर श्यामैडाँडाका चेपाङ समुदायसंग सम्र्पक गरेको र उहाँहरुसंगको छलफलप पछि सामुदायिक सेवाका लागि खानेपानी आयोजना निमार्ण गर्न शुभारम्भ गरेको सामुदायिक सुधारमा काम गर्न सामुदायिक भवन निमार्ण गर्न लागेको सत्य साई सेवा संगठन नेपालका अध्यक्ष अमर बहादुर कार्कीले बताए ।
खानेपानी आयोजना निमार्ण पश्चात एक सय ६१ परिवार चेपाङ लाभाम्वित हुन्छौ । वर्षौ देखिको खानेपानी समस्या समाधान हुने मात्र नभई चेपाङ समुदायले केही हदमा खाद्य अधिकार प्राप्त गर्ने हौ श्यामैडाँडा खाद्य अधिकार समुहकी अध्यक्ष विमला चेपाङले बताई । फियान नेपालले हामीलाई संगठित गरी खाद्य अधिकार के हो, कसरी प्राप्त गर्ने सिकायो । खानेपानी हाम्रो अधिकार हो खानेपानी पाँउ भनेर जिल्ला समन्वय समितिमा स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएका थियौ । विभिन्न पत्रपत्रिकामा आएको समाचार पढेर हामीलाई सत्य साई संगठन नेपालका अध्यक्ष अमर बहादुर कार्कीले फोन हाम्रो गाँउमा आउनु भयो । आज खानेपानी आयोजना र सामुदायिक भवनको संयुक्त रुपमा शिलान्यास, स्वास्थ्य शिविर र नारायण सेवा सञ्चालन गर्नु भएकोमा हामी अत्यन्तै खुशी छौ अध्यक्ष चेपाङले वताईन ।
हेलीकप्टरमा आएका सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्दैनाथ रेड्डी सहितका अतिथीहरुलाई चेपाङले आफैले पञ्चेवाजा बजाएर स्वागत गरेका थिए । सत्य साई सेवा संगठनका सदस्यहरु करिव एक सय जना उपस्थित भई शिविर व्यवस्थापन, खाना पकाउने सहितका काम आफैले गरेका थिए ।