एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते

3709 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pandey-sir-Nagarikpati - Copyधुनिबेशी ,कात्तिक २९ -धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट बाम गठबन्धनको तर्फबाट सांसदको उम्मेदवार बन्नु भएका नेकपा एमालेका नेता एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे चुनावी अभियानका क्रममा लडेर घाईते हुनु भएको छ ।

 धुनिबेशी नगरपालिका वडानम्बर ७ मा पर्ने तोप्लाङमा घरदैलो अभियान सकेर मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लड्दा  घाईते हुनु भएको पाण्डेका स्वकिय सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो । टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसेमा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा साँझ ५ बजे देखी उपचार सुरु भएको छ ।23517559_1953532248006631_7507361333417266443_n