छिमेकी झगडामा एक घाइते, पार्टीहरुबीच आरोप प्रत्यारोप

954 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Capture-16धादिङ   ८ मंसिर  -छिमेकी छिमेकी विच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण भएपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ ।
नीलकण्ठ नगरपालिका वडा न.ं १४ धुवाकोटको टारमा शुक्रबार विहान छिमेकीहरुबीच भएको झगडामा धुवाकोट स्थित काग्रेस सभापति २६ वर्षीय सन्तोष बस्ताकोटी घाइते भएपछि छिमेकीको झगडाले राजनीतिक रुप लिएको हो ।
घटना विवरण अनुसार बिहिबार बेलका ४५ वर्षिय टेकबहादुर वस्तीलाई रक्सी खाएर हल्ला गरेकोआरोपमा बस्ताकोटीले कुटपिट गरेका थिए । घटनापछि शुक्रबार बिहान वस्ती परिवार वस्ताकोटीसंग घटनाबारे छलफलका लागि गएको र सोही समयमा बस्ताकोटीले टेकबहादुरका छोरा नारायणलाई कुटपिट गरेपछि झडप भएको थियो सो घटनामा बस्ताकोटी घाइते भएका छन् ।
घाइते बस्ताकोटीलाई नेपाली काग्रेसले हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाएको जनाएको छ ।
बाम गठबन्दनका कार्यकर्ताले घरमा सुतिरहेको अवस्थामा आक्रमण गरेको नेपाली काग्रेसका क्षेत्रीय सभापति देबी कोइरालाले बताउनुभएको छ ।
घटनाका सम्बन्धमा नेकपा एमाले प्रदेश कमिटिका सदस्य गुरुप्रसाद बुर्लाकोटीले सामान्य व्यक्तिगत घटनालाई पार्टी करण गरि चरित्रहत्या गर्न खोाजेको आरोप लगाउनुभयो ।
जिल्लाभर भइरहेका राजनीतिक घटना र चुनावी तयारी अन्तरगत छलफल गर्न प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले सर्वपक्षिय बैठक राखेर छलफल गराउनुभएको छ ।
घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले नाराण वस्ती, रामचन्द्र वस्ती र कुमार वस्तीलाई पक्राउ गरेको छ ।
यसैगरि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न.ं २ लब्दुङमा बाम गठबन्दन र लोकतान्त्रिक गठबन्दनका कार्यकर्ताबीच झडप भएको छ । घटनाहुँदै गर्दा प्रहरी घटनास्थलमा पुगेकोले अवस्था सामान्य बनाइएको प्रहरीले जानकारी दिएको छ ।