धादिङमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

932 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, १० मंसिर – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आईतबार धादिङ २ सय ७५ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि जिल्लाभर २ लाख ५५ हजार ६ सय ३ मतदाता रहेका थिए ।
मतदान सकिएपनि जिल्लाभर खसेको मत संख्याको बिबरण भने आउन बाँकी नै रहेको छ । प्रारम्भिक बिबरण अनुसार जिल्लाभर ६६ प्रतिशत  मत खसेको अनुमान गरिएको छ । जिल्लाको सबै मतदान केन्द्रमा सहज संचार पहुँच नभएका कारण बिबरण आउन ढिलाई भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नजिकका मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याउने क्रम शुरु भईसकेको छ भने विकटका स्थानहरुबाट पनि सुरक्षित ढंगबाट मत पेटिका ल्याउन सुरक्षा निकाय र निर्वाचनमा खटिएका कर्मचारी लागिरहेको वताईएको छ ।
विवाद भई मतदान सुरु हुन नसकेको धादिङको खनियावास गाउँपालिका वडा नं २ मा बिहान १० बजेर १० मिनेटबाट मतदान सुरु भएको थियो भने रुविभ्याली गाउँपालिका २ दोङदेन माविमा मध्यान्न १२ः०० बजेबाट मतदान सुरु भएको थियो ।