थाक्रे गाऊँपालिकामा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सञ्चालन

1043 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24068322_1530684503715203_2666036431824411738_nमहादेबबेशी- थाक्रे गाऊँ पालिकामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याईएको छ ।
शनिवार एक समारोह विच गाऊँपालिका अध्यक्ष रामकुमार आर्चायले परामर्श केन्द्र सुभारभ्भ गर्नु भएको थियो । सुभारम्भमा गाऊँपालिका अध्यक्ष रामकुमार आचार्यले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल गर्ने योजना भएको तर त्यसवाट मात्र यूवा जनशक्तिको चाहना पूराहुन नसक्ेन महशुस गर्दै सूचना केन्द्रको स्थापना गरिएको र यस केन्द्र गाऊँपालिका भित्रका कुनै पनि यूवा ले चाहेका सिप, भएका क्षमता र वैदेशिक रोजगारीकामा आवश्यक पर्ने सूचना र अभिलेख खडा गरी उनिहरुको रोजगारीलाई सूरक्षित र मर्यादित गराउन अभिप्रेरित गर्ने अध्यक्ष आचार्यले वताउनु भयो ।
गाऊँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले सुरक्षित आप्रवासन राहत तथा आर्थिक सयता कोष २०७४ को निर्माण कोष मार्फत प्रदान गरिने सेवाको बिषयमा जानकारी दिदै यसैवर्ष पालिकाको तर्फवाट रु १ लाख को कोष खडा गरिएको कोषमा मृतकका परिवारलाई २० हजार किरिया खर्च उपलब्ध गराई उनिहरुको परिवारमा अभिभावकको भुमिका निर्वाह गर्ने भएकोले सो कोषको बिकासमा अन्य व्यक्ति वा सस्थावाट सहयोग भई सबै पिडित यूवाहरुले राहत प्राप्त गर्न सक्ने वताउनु भयो । कार्यक्रममा सुरक्षित आप्रवासन को बिषयमा सिड्स, धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले आप्रवासनको अवस्था र चुनौतीको साथै सूचना केन्द्रको औचित्यको बिषयमा छलफल गर्नु भएको थियो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सोमवार देखी सञ्चालनमा आउने त्यसको लागी सिड्स धादिङवाट आवश्यक सूचना सामाग्री र जनशक्ति सहयोग गने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा सामी जिल्ला परियोजना संयोजक कमलवहादुर रोकायले थाक्रे गाऊँपालिकाको यूवा प्रतिको प्रतिवद्धताको सम्मान गर्दै यस्तो चासो लिएर कार्यन्वयन गर्ने गाऊँपालिका पहिलो भएकोले आगामी दिनमा हेल्भेटासले समेत यस प्रकारको स्थानिय तहको गतिबिधिमा सहयोग गर्न प्रतिवद्ध रहेको वताउनु भएको कार्यक्रममा बिभिन्न वडा का वडा अध्यक्षहरु, सदस्यज्यूहरु , पत्रकार महासंघ जिल्ला अध्यक्ष, सचिव लगाएत अन्य संचार माध्यमका व्यक्तित्वहरु सहित १२० जनाको सहभागीता रहेको थियो ।