धादिङमा वाम गठवन्धनको विजयी शुरुवात

1062 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jagatधादिङ,२२ मंसिर ः धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत दु्वै प्रदेश सभामा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमित सदस्य मदुकुमार श्रेष्ठले १३ हजार ३ सय ६५ मत ल्याउनु भएको छ ।
24852082_1610997462341471_8966852814957657398_nयसै गरी यसै क्षेत्रको प्रदेश सभा २ मा एमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य शालिकराम जमकट्टेल २३ हजार ३ सय ७६ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ । सुवेदी केही समय अघि मात्रै एमाओवादीबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
त्यसै गरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा एमाओवादीका पोलिटव्युरो सदस्य जगत सिम्खडा १७ हजार ६०५ मत ल्याएर विजयी हुनु भएको छ ।सिम्खडाको निकटतम प्रतिद्धन्द्धीमा लोकतान्त्रिक गठवन्धनको तर्फबाट उम्मेदवार भएका राप्रपाका डम्बर बहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाउनु भएको छ ।तामाङ राप्रपाका सह अध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङका भाई हुन । तामाङ दाजुभाईलाई जिल्लाको रुवीभ्याली गाउँपालिकाको सेर्तुङ वोराङ स्थित मतदान केन्द्रबाट मृत्यु भईसकेका १७ जनाको नाममा समेत फर्जि मत खसालेको आरोप लागेको छ । निर्वाचन परिणाम घोषणा हुन बाँकी रहेको धादिङ २ को प्रदेश सभा १ राती १० वजे सम्म मत गणना कार्य जारी रहेको छ । यस क्षेत्रमा नेकपा एमालेका डाक्टर रामकुमार अधिकारीले १३ हजार ८ सय १५ र नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका रमेश धमलाले १३ हजार २ सय ६४ मत पाउनु भएको छ ।
प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भुमि त्रिपाठीले २५ हजार ९ सय ३१ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले ११ हजार १ सय १७ मत पाउनु भएको छ । त्यसै गरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले १८ हजार ९ सय २५ र नेपाली काँग्रेसका दिलमान पाख्रिनले १९ हजार ८४ मत पाउनु भएको छ । मतगणना जारी रहेको छ ।