धादिङमा वाम गठवन्धनको शान्दार जित,कस्ले कति मत पाए विस्तृत विवरण सहित

1837 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24909568_1302441929861224_2169681409768373666_n

धादिङ,२३ मंसिर   धादिङ जिल्लामा जारी मतगणना सम्पन्न भएको छ ।जिल्लाको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु  विजयी भएका छन । वाम उम्मेदवारहरुले तेश्रो पटक धादिङ जिल्लाको सबै क्षेत्रमा विजयको झण्डा फहराएका हुन । यस अघि २०६४ को संविधान सभामा तत्कालिन माओवादीले जिल्लाको ३ वटै क्षेत्रमा जितेको थियो भने २०७० मा नेकपा एमालेले ३ क्षेत्रमा जित हासिल गरेको थियो । यस पटक वामगठन्धनको तर्फबाट उम्मेदवार भएकाहरु  २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा  विजयी भएका छन । । दुई प्रतिनिधि सभा र चार प्रदेश सभाका लागि भएको निर्वाचनको मतपरिणाम घोषणा हुँदा वामगठवन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी भएका छन ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वामगठवन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष भुमिप्रसाद त्रिपाठी विजयी हुनु भएको छ । त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दीमा नेपाली काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनु भएको छ । त्रिपाठीले प्रतिष्पर्धिले भन्दा २७१५३ बढि मत ल्याएर विजयी हुनु भएको हो । यस क्षेत्रमा नेकपा मालेका राजन थापामगरले २०६०, विवेकशिलका दिपेश थापाले ३४७, नयाँ शक्तिका राजु नेपालले ३३६,राप्रपा राष्ट्रवादीका अजयकुमार रिमालले २९४, स्वतन्त्र उम्मेदवारहरु विश्वनाथ ढकालले २७ र दिपक खतिवडाले १७ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

24899958_1976258655825334_1756439739788289496_nनिर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि  सदस्यको उम्मेदवार हुनुभएका नेकपा नेकपा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले ३६२५४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्दीमा नेपाली काँग्रेसका दिलमान पाख्रिनले ३५६१४ मत पाउनु भएको छ । 

24852082_1610997462341471_8966852814957657398_nयसै गरी यसै क्षेत्रको दुवै प्रदेश सभामा वाम गठवन्धनका प्रभावशाली नेताहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमिति सदस्य मदुकुमार श्रेष्ठले १३ हजार ३ सय ६५ मत ल्याउनु भएको छ । यसै गरी विवेकशिलका जितेन्द्र श्रेष्ठले ३७५, नयाँशक्तिका नकुल थापाले ३०७, स्वतन्त्र उम्मेदवारहरु कृष्णलाल श्रेष्ठले ११३, राजेन्द्र तामाङले ५९,केशव अधिकारीले २४ र सुरतकुमार श्रेष्ठले १३ मत पाउनु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा वामगठवन्धनका तर्फबाट एमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य शालिकराम जमकट्टेल २३ हजार ३ सय ७६ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ । सुवेदी केही समय अघि मात्रै एमाओवादीबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए । यस क्षेत्रबाट नयाँशक्तिका सन्तोष वराकोटीले ३७६,स्वतन्त्र उम्मेदवार सरोजप्रसाद अधिकारीले ७४,जिवनाथ सेढाई ५१ र गणेशलाल श्रेष्ठले १६ मत ल्याउनु भएको छ ।
24775118_2099711286722262_259360288632947367_n

Ramkumar-Adhikariयस क्षेत्रको प्रदेश सभा तर्फ १ नम्बर प्रदेशमा नेकपा एमालेका डाक्टर रामकुमार अधिकारी विजयी हुनु भएको छ । अधिकारीले २०३६८ मत पाउनु भएको थियो भने नेपाली काँग्रेसका रमेश धमलाले १९०१८ मत ल्याउनु भएको थियो ।
यस क्षेत्रका अन्य उम्मेदवारहरुले नयाँशक्तिका नन्दप्रसाद काप्रीले २४७,मंगोल नेशनलका पञ्चबहादुर तामाङले ८८ मत ल्याउनु भएको छ । त्यसै गरी स्वतन्त्र उम्मेदवार इश्वर अधिकारीले ७५,राजपाका सन्तोष दुवाडीले ४० र अन्य स्वतन्त्र उम्मेदवारहरु टोपबहादुर लोप्पाले १७,रेशम थापा १०,शिवराम भण्डारी ९,कृष्णप्रसाद लम्साल ९,खुमप्रसाद सिम्खडा ९,ताराप्रसाद लामिछाने ७,धर्मवाहादुर राना ७, राकेश धमला ७, देवीप्रसाद कोइराला ५, बसन्त आचार्य ५ र सूर्यवहादुर तामाङले ३ मत ल्याउनु भएको छ ।
jagatक्षेत्र नम्बर २ को प्रदेश सभा २ मा पनि वामगठवन्धनका एमाओवादीका पोलिटव्युरो सदस्य जगत सिम्खडा १७ हजार ६०५ मत ल्याएर विजयी हुनु भएको छ ।सिम्खडाको निकटतम प्रतिद्धन्द्धीमा लोकतान्त्रिक गठवन्धनको तर्फबाट उम्मेदवार भएका राप्रपाका डम्बर बहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाउनु भएको छ ।तामाङ राप्रपाका सह अध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङका भाई हुन । तामाङ दाजुभाईलाई जिल्लाको रुवीभ्याली गाउँपालिकाको सेर्तुङ वोराङ स्थित मतदान केन्द्रबाट मृत्यु भईसकेका १७ जनाको नाममा समेत फर्जि मत खसालेको आरोप लागेको छ । यस क्षेत्रबाट नयाँशक्तिका बिष्णुप्रसाद सापकोटाले ६१६, मंगोल नेशनलका सालिकराम थापामगरले १९७ र स्वतन्त्र उम्मेदवारहरु बुद्धिवहादुर तामाङ ७५,दिपक पाण्डे ६६,गणेश वसौला ४७ र सुन्दर तामाङले ३७ मत ल्याउनु भएको छ ।