अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिखमा ‘पन्चायत’

1504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

unnamedनेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l
सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ ।
रामेश्वर कार्कीको छायाकन रहेको चलचित्रमा सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला र मुना वन मुख्य कलाकारको रुपमा रहेका छन ।
डिसी क्षेत्रका नेपाली समुदायलाई यो चलचित्र हेर्न आउन अभिनेता सरोज खनालले नेपाल बाटै सबैमा निवेदन गरेका छन् l