logo

धादिङको श्रीकृष्ण सहित देशभरीका ४ ग्याँस उद्योगमा मात्रै एनएस चिन्ह, ४९ ग्याँस उद्योग मापदण्ड विपरीत ,

2118 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ  जिल्लाको विशालटारमा रहेको श्रीकृष्ण ग्याँस  बाहेक जिल्ला भित्रका अन्य उद्योगले ग्याँम्स उत्पादनका लागि नेपाल गुणस्तर चिन्ह नलिई गैर कानूनी ढंगबाट ग्याँस उत्पादन गरिरहेको भेटिएको छ ।  हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् तर तीमध्य ४ वटाले मात्र मापदण्ड पूरा गरेका छन्। विभागका अनुसार मनोज ग्यास वीरगन्ज, नेपाल ग्यास काठमाडौँ, श्रीकृष्ण ग्यास धादिङ र साइबाबा ग्यास चितवनले मात्र गुणस्तर चिह्न प्राप्त गरेका छन्।

धादिङ  जिल्लाको जोगिमारा देखि खानीखोला सम्मको सडक छेउमा १९ वटा  वटा ग्याँस उद्योग सञ्चालनमा  रहेको भएपनि श्रीकृष्ण वाहेक अरु उद्योगले एनएस चिन्ह नलिई ग्याँस उत्पादन गरिरहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्यास उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बितिसक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो । मुलुकमा सञ्चालित अधिकांश ग्यास उद्योगले मापदण्ड पूरा नगरेपछि त्यसलाई सरकारले कडाइ गरेको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबारदेखि नै ग्यास उद्योगको अनुगमन गर्ने र मापदण्ड पूरा नगर्ने उद्योगलाई बन्द गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर चिह्न नलिने उद्योगलाई बन्द गर्न लागिएको बताए । “सार्वजनिक सूचना आह्वान गरेर उद्योगीलाई पटकपटक गुणस्तर चिह्न लिन आह्वान गरिएको थियो,” महानिर्देशक पुडासैनीले भने, “नियम पालना नगर्ने उद्योगलाई बन्द गर्छौं ।” पहिलो चरणमा ग्यास प्लान्टमा भएका कमजोरी अनुगमन गर्ने तथा मापदण्ड पूरा नगर्ने उद्योगको सञ्चालन रोक्का गरी कारवाहीका लागि जिल्ला प्रशासन कार्यलयमार्फत मुद्दा दायर गरिने उनले जानकारी दिए । उद्योगीको लापरवाहीका कारण ग्यास सिलिण्डर बिस्फोटनका घटना बढ्न थालेपछि ग्यास उद्योगलाई कडाइ गरिएको हो ।
“शुक्रबारदेखि नै ग्यास ग्यास उद्योगको अनुगमन गरेर तत्कालै कारवाही प्रक्रिया अगाडि बढाइन्छ,” पुडासैनीले भने, “संवदेनशील विषयलाई अटेर गरी गुणस्तर चिह्न नलिने उद्योगलाई कारबाही गरिन्छ । ” विभागका अनुसार उद्योग स्थापना भएका स्थानका जिल्ला प्रशासन कार्यालयमार्फत मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही प्रक्रिया अघि बढाइने छ । गुणस्तर प्रमाण चिह्न ऐनअनुसार मापदण्ड पूरा नगर्ने उद्योगीलाई ३ हजार रुपैयाँ अथवा ६ महिनासम्म जेल हुने व्यवस्था छ । ग्यासबाट हुने दुर्घटना नियन्त्रण गर्न गुणस्तर चिह्न अनिवार्य गरे पनि उद्योगीले त्यसको पालना गरेका छैनन् । विभागले ग्यास उद्योगमा गुणस्तर चिह्न (एनएस ५३३) अनिवार्य गरे पनि अहिलेसम्म चारवटा उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । विभागका अनुसार गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास प्रालि, नेपाल ग्यास उद्योग, श्रीकृष्ण ग्यास उद्योग प्रालि र साइबाबा ग्यास उद्योग प्रालि छन् । ४९ उद्योगले तोकिएको समयमा मापदण्ड पूरा नगरेकाले कारबाही पर्ने विभागले जानकारी दिएको छ ।
विभागले सार्वजनिक सूचना निकालेर २०७३ माघ २७ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दासमेत उद्योगहरूले अझै चिह्न लिएका छैनन् । सरकारले ग्यास प्लान्टमा फायर फाइटिङ, सिलिन्डर परीक्षण गर्ने हाइड्रोलिक मेसिन, दुर्घटनाबाट बच्ने सुरक्षा सामग्री, ग्यास प्लान्टलाई चाहिने पूर्वाधारमा जोड दिएको छ । यस्तै, ग्यास भर्नुअघि सिलिन्डर सरसफाइ गर्नुपर्ने, फुटरिङ परिवर्तन गर्न नहुने, सिलिन्डर गुणस्तर अनुसार मात्रै प्रयोग गर्नुपर्ने सरकारी नियममा उल्लेख छ । तर हाल सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांशले मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । एनएस चिह्नका लागि अनिर्वाय मापदण्डभित्र बस्नुपर्छ । मापदण्डका लागि पूर्वाधार बढाउनुपर्छ । हालै वीरगन्जको सुपर ग्यास उद्योगमा दुर्घटना भए पनि सरकारले ग्यास उद्योगलाई मापदण्ड पूरा गर्न कडाइ गरेको हो ।
विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिह्न लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । एनएस नलिएकालाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई पत्राचारसमेत गरिएको विभागले जनाएको छ । गुणस्तर मापदण्ड पालना नगर्नेलाई ६ महिना र ३ हजार जरिवानाको व्यवस्था छ। दुर्घटनाबाट धनजनको क्षति बढेपछि आयल निगमले एलपी ग्यास विनियमावली २०६५ र एलपी ग्यास ढुवानी विनियमावली २०७३ समेत जारी गरेको छ। ती विनियमाली अनुसार कम्पनीले सिलिन्डर बेच्दा हाइड्रोलिक परीक्षण गरेको हुनुपर्ने, परीक्षण गराएको मिति उल्लेख गर्नुपर्ने हुन्छ। बिक्री गर्न राखिएको ठाउँसमेत निकै सुरक्षित हुनुपर्छ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic