धादिङ–काठमाण्डौं अब डिलक्स बसमा सरर

2938 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ । समयमै गन्तव्यमा पुग्ने लक्ष्य राखेपनि आंफु चढेको बस छिन छिनमै ठाउँ ठाउँमा रोक्दै यात्रु चढाउँदै र ओराल्दै गर्दा धेरै पटक तपाई पनि वसका चालक र सह चालक संग रिसाउनु भएको छ होला । कति रोक्नु परेको भन्दै मुरमुरिंदै घडि पनि हेर्ने गर्नु भएको होला ? धादिङ काठमाण्डौंको यात्रामा अब तपाईले यस्तो समस्या कमै मात्रै भोग्नु हुनेछ । धादिङमा वस सेवा सञ्चालन गरिरहेको धादिङ यातायात व्यवसायी संघ र ग्रामीण यातायात सहकारी  संस्थाले माघ १ गते देखि द्रुत वस सेवा सञ्चालनमा ल्याएको छ  । डिलक्स सेवा नाम दिईएको यो बसमा चढे पछि बिच बिचमा यात्रु चढ्ने ओर्लने गर्ने समस्या समाधान हुने भएको छ । राजधानी काठमाण्डौं सँग सिमाना जोडिएको धादिङ जिल्लाको सदरमुकाम सम्म व्यवसायिक रुपमा यातायात सञ्चालन हुन थालेको धेरै बर्ष भएको छैन । २०३२ सालमा सुनौलावजारबाट धादिङवेसीमा सदरमुकाम सारिएपनि अहिलेको सदरमुकाममा मोटर पुगेको २०४४ साल तिर मात्रै हो ।
काठमाण्डौं देखि ८८ किलोमिटरको दुरीमा रहेको धादिङबेसी आवत जावत गर्न राजमार्गमा कुनै अवरोध नभए करिब अढाई घण्टा लाग्ने गर्दछ । स्थानीय यात्रुहरुको हितलाई समेत ध्यानमा दिई सञ्चालित बस सेवाका कारण धादिङबेसी -काठमाण्डौं , काठमाण्डौं -धादिङबेसी यात्रा गर्दा चार घण्टा लाग्ने गरेको छ । छोटो दुरी भएर पनि लामो समय यात्रामा विताउनु परेपछि विकल्पको खोजी गरिरहेका यात्रुहरुको माग अनुसार धादिङबाट डिलक्स बस सञ्चालन हुन थालेको छ । शशस्त्र द्धन्द्धकाल भन्दा अघि ननस्टप बस सञ्चालनमा ल्याएको धादिङको यातायात सेवाले अहिले केही सुविधा सहित डिलक्स वस सञ्चालनमा ल्याएको दावी गरेको छ । ननस्टप वस सेवा लामो समय नचलि रोकिन पुगेजस्तै डिलक्स बस सेवा पनि यात्रुको अभावको कारण देखाउँदै भोलीका दिनमा सामान्य बस सेवा जस्तै हुने त होइन भन्ने आशंका यात्रुहरुमा छ ।

26804330_1819485744782904_3734800663525423080_nयात्रुहरुले  लामो समय बाटोमा बिताउन पर्ने अवस्थालाई सहज तुल्याउन धादिङ यातायात व्यावसायी संघ र ग्रामीण यातायात सहकारी संस्थाले १/१ वटा डिलक्स बस सञ्चालनमा ल्याएका छन् । धादिङवेशीबाट विहान ६ः२५ बजे , अपरान्ह ४ः१० बजे र काठमाण्डौबाट विहान ६ः२५ बजे र अपरान्ह ४ः१० बजे डिलक्स बस छुट्ने समय तालिका अनुसार डिलक्स बस सञ्चालनमा ल्याईएको छ ।
सोमबार माघ १  गते विहान ६ः२५ मा नीलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारीले चालक र सहयोगीलाई माला लगाई यात्रुमैत्री रुपमा वस चलाउन  र सोही अनुसार  व्यवहार गर्न शुभकामना दिईदै डिलक्स सेवाको शुभारम्भ गर्नु भएको हो ।
डिलक्स वसको भाडा दर धादिङ–काठमाण्डौ र काठमाण्डौ–धादिङ दुई सय पच्चीस कायम गरेको ग्रामीण यातायातका व्यवस्थापक बद्री अधिकारी  ले बताउनु भयो । डिलक्स सेवाशुभारम्भ कार्यक्रमा धादिङ यातायातका महासचिव राजेश प्रजापति र ग्रामीण यातायातका कोषाध्यक्ष बद्री सुवेदीको उपस्थिती रहेको थियो । डिलक्स सेवा सञ्चालन पछि सहज अवस्थामा साढे दुई घण्टामा गन्तव्यमा पु¥याउन सकिने अनुमान गरिएको छ ।

धादिङबाट अहिले राजधानी काठमाण्डौं त्रिशूली, पोखरा, नारायणगढ सम्म दैनिक वस सेवा सञ्चालन भईरहेको छ । सडक सञ्जालले छोएको जिल्लाको अधिकांश गाउँवस्ति सम्म अहिले वस सेवा पुगेको छ ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र टुविटर  मार्फत पनि जोडिन सक्नुहुन्छ ।


२०७४ माघ १ गते प्रकाशित