संघसंस्था तथा खानेपानी मूल दर्ता नविकरण अब स्थानीय तहबाटै

2250 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Ddcसंघ संस्था खानेपानी मूल, डुंगा तथा घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रको दर्ता तथा नविकरण सम्वन्धि काम अब स्थानीय तहबाटै हुने भएको छ । यस अघि जिल्ला समन्वय समितिबाट हुंदै आएका ति सेवाहरु नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम स्थानीय तह ( नगरपालिका र गाउँपालिका)बाटै हुने संवैधानिक व्यवस्था रहेको धादिङका जिल्ला समन्वय अधिकारी बलराम ढकालले वताउनु भयो ।
जिल्ला समन्वय समिति धादिङले गएको पुस २६ गते जिल्लाको १३ वटै स्थानीय तहलाई परिपत्र जारी गर्दै यि कामहरु स्थानीय तहबाटै गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।