प्रेममा धोका खाएपछि निकै तनावमा भेटीए नायक सोहम भेटवाल

1204 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

soham2काठमाडौं  । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देंशन गरेका हुन । एस के प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटाले मेनहतका साथ छायाँकन गरेका हुन । निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो हेर्दै आकर्षक छ ।
माया प्रेम अनि विछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियोमा नायक शोहम निरास मुद्रामा देखिएका छन । गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् । मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि गज्जबको काम गरेर देखाइससकेकी छिन् ।