बाम गठवन्धन हुंदैन कि भन्ने शंका नगर्न मन्त्री जमकट्टेलको आग्रह

1354 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

गल्छी-नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच हुने पार्टी एकतामा कुनै शंका उपशंका नगर्न नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शालिकराम जमकट्टेलले आग्रह गर्नु भएको छ ।
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गल्छी गाउँपालिकामा आउनु भएका मन्त्री जमकट्टेलले धादिङ न्यूज संग कुराकानी गर्दै पार्टी एकताका लागि शिर्ष नेताहरुका बिच छलफल भईरहेको र छिट्टैनै एकता प्रकृया टुंगोमा पुग्ने उहाँले वताउनु भयो ।
वामगठवन्धनको तर्फबाट शनिवार गल्छीमा मन्त्री जमकट्टेललाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा सहभागी हुन गल्छी आउनु भएका जमकट्टेलले मुलुकमा दिगो शान्ति र आर्थिक क्रान्तिका लागि वामगठवन्धन आवश्यक भएको वताउनु भयो । यसै गरी नेपाली जनताको बर्षौ देखिको चाहना अहिले पुरा हुने चरणमा प्रवेश गरी स्थानीय तह देखि अधिकार सम्पन्न सरकारको अभ्यास शुरु भईसकेको र प्रदेश सरकारलाई जनमुखी र उत्तरदायि भएर अघि बढ्न आवश्यक पर्ने कानूनको मस्यौदा तयार पारी प्रदेश संसदबाट अनुमोदन गराई कार्यान्वयन गर्नुपर्ने भएकाले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण  प्रदेश कानून मस्यौदाका लागि सवैसंग सहकार्य गरेर अघि बढ्ने पनि उहाँले वताउनु भयो ।