मन्त्रिमण्डलमा थपिए चार जना

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ  फागुन १४- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा चार नयाँ सदस्य थपिएका छन्  । ओलीले नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट २ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

Oli_government_4_new_ministers-5a93fa9223f1a3.16367200मन्त्रीको नियुक्ति लिनेहरुमा नेकपा एमालेबाट ईश्वर पोखरेल र डा. युवराज खतिवडा हुनुहुन्छ भने   माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृकाप्रसाद यादव रहनु भएको छ ।

ओलीले मन्त्रिपरिषद्को दोस्रो बरियतामा राख्दै पोखरेललाई रक्षामन्त्री बनाउनु भएको छ भने अर्थमन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई दिईएको छ । पोखरेल नेकपा एमालेको महासचिव र डा.खतिवडा राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष एवम नेपाल राष्ट्र बैकको पुर्व गभर्नर समेत हुनुहुन्छ ।
माओवादी केन्द्रबाट रामबहादुर थापा बादललाई गृहमन्त्रालयको र नेता यादवले उद्योग मन्त्रलायको जिम्मेवारी पाएका छन् ।

चारै नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीत्तल निवास महाराजगञ्जमा पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो ।